परमाणु सम्झौता पुनः ब्युँताउन इरानसँग वार्ता गर्दै शक्ति राष्ट्रहरु

सन् २०१५ मा भएको परमाणु सम्झौता पुनः ब्युँत्याउने प्रयासमा विश्वका शक्ति राष्ट्रहरुले इरानसँग वार्ताको थालनी गर्ने भएका छन्। परमाणु सम्झौता भंग हुनबाट जोगाउने प्रयासस्वरुप भियनामा छलफल हुने भएको हो। पाँच महिनाअघि पनि वार्ता भएको थियो, तर सहमति जुट्न सकेको थिएन। अधिकारीहरुले भियनामा हुने वार्तामा परमाणु सम्झौतामा अमेरिकालाई पुनः ल्याउने सम्भावित विकल्पहरुबारे छलफल गर्नेछन्। सम्झौताअनुसार इरानमाथि […]

सम्बन्धित सामग्री

तीन हप्तायता पहिलो पटक सय डलरभन्दा मुनि आयो तेलको भाउ

लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्ने क्रम जारी छ । आपूर्तिमा अवरोध आउने चिन्ता अलि मत्थर भएको र चीनमा २ वर्षयताकै उच्च कोरोना भाइरसको संक्रमण देखिएको खबरले झन्डै तीन हप्तामा पहिलो पटक मंगलबार कच्चा तेलको भाउ सय डलरभन्दा तल झरेको हाे ।  मंगलबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर ४४ सेन्टसम्म आएको थियो । यो समाचार तयार गर्दा  साँझ साढे बजे अासपास ब्रेन्ट क्रुडकाे मूल्य ५ दशमलव ९ प्रतिशतले को कमी अाइ प्रतिब्यारेल   ९९ डलर ५६ सेन्टमा थियो ।  मंगलबारको कारोबारमा अमेरिकी बेञ्चमार्क प्रतिब्यारेल ९३ डलर ५४ सेन्टसम्म आएको थियो । यो फेब्रुअरी २५ यताकै न्यून हो । यो सामाचार तयार गर्दा डब्ल्यूटीआई प्रतिब्यारेल ६  दशमलव १ प्रतिशतको कमीसहित ९६ डलर ६६ सेन्टमा थियो ।  मस्को सन् २०१५ को इरानी परमाणु सम्झौता सम्भव भएसम्म छिटै पुनः सुचारु गर्न तयार रहेको रुसी विदेशमन्त्री सेर्गी लाभ्रोभले बताएपछि तेलको भाउमा कमी आएको अन्तरराष्ट्रीय सञ्चारमाध्मयले उल्लेख गरेका छन् । यसअघि रुसी मागका कारण सो सम्झौता ब्यूताउने विषयमा वार्ता अड्किएको थियो । अघिल्लो दिन चीनमा कोभिडको दैनिक संक्रमण बढेको खबरका कारण तेलको भाउमा ५ प्रतिशतको कमी आएको थियो । अन्तरराष्ट्रीय सञ्चारमाध्यमका अनुसार रुस र युक्रेनबीच युद्धबिरामसम्बन्धी वार्ताले पनि तेल बजारमा कमी आएको हो । मार्च ७ मा १४ वर्षयताकै उच्च स्तरमा पुगेको ब्रेन्टको भाउ अहिले करीब ४० डलर घटिसकेकाे छ । डब्ल्यूटीआईको भाउ पनि ३० डलरभन्दा धेरैले घटिसकेको छ ।    तर आधारभूत अवस्थामा खासै धेरै परिवर्तन नआएको, युक्रेनी युद्धसम्बन्धी तनाव र अनिश्चय उच्च नै भएको अवस्थामा तेलको भाउमा यति धेरै कमी आउनु आश्चर्यजनक भएको जुलियस बेयरका विश्लेषक नोर्बोर्ट रकर बताउँछन् । एजेन्सी

परमाणु सम्झौता बिउँताउन वार्ता गर्दै इरान र शक्तिराष्ट्र - BBC News नेपाली

इरान र पाँच राष्ट्रबीच परमाणु सम्झौता बिउँताउन भियनामा वार्ता सुरु हुन लागेको छ। के छन् यसका विविध पक्ष?

परमाणु वार्ताका लागि अमेरिकाले शर्त राख्यो : इरान

काठमाडौं : अमेरिकाले सर्तसहित परमाणु वार्ताका लागि प्रस्ताव गरेको इरानले खुलासा गरेको छ। इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनले अमेरिकी अधिकारीहरुले पछिल्लो महिना परमाणु वार्ता पुनः सुरु गर्ने कोशिस गरेको बताए। यद्यपि अमेरिकाले वार्ताका लागि रोकिएको १० बिलियन डलर सद्भावनाको रुपमा तिर्नुपर्ने शर्त राखेको बताए।  इरानले अमेरिकाले राखेको उक्त शर्तसहितको प्रत्यक्ष वार्ताको प्रस्ताव अस्वीकार गरेको विदेशमन्त्री हुसेनले जानकारी दिए। यसअघि सन् २०१५ को परमाणु सम्झौता पुनस्र्थापन

इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित

७ असार, काठमाडौं । इरान र विश्वका ६ शक्ति राष्ट्रहरुबीच सन् २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्ने उद्देश्यले हुँदै आएको वार्ता स्थगित भएको छ । अमेरिका, बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले इरानसँगको परमाणु सम्झौतालाई …

इरान र अन्य ६ देशबीचको परमाणु वार्ता स्थगित

एजेन्सी।इरान र विश्वमा ६ देशबीच २०१५ मा भएको परमाणु सम्झौता बहाल गर्न भन्दै भइरहेको वार्ता स्थगित भएको छ। सम्झौताका केही विषयमा असहमति कायमै रहेका बेला वार्ता स्थगित भएको हो। इरानका शीर्ष वार्ताकार अब्बास अरकचीले भियनाबाट इरानी टेलिभिजनलाई भने,‘हामी सम्झौतामा पहिलेभन्दा नजिक छौं। तर अझै केही विषयमा अहसमति छन् र म तेहरान फर्किदैछु।’ यद्यपि दुवै पक्षबीच पुनः वार्ता हुने बताइएको छ।

इरानसँगको परमाणु सम्झौतामा फर्किनेबारे भियनामा मंगलबारदेखि वार्ता सुरु

२४ चैत, काठमाडौं । सन् २०१५ मा विश्वका प्रमुख शक्ति राष्ट्र र इरानसँग भएको परमाणु सम्झौता पुनः कार्यान्वयनमा ल्याउन मंगलबारदेखि अष्ट्रियाको भियनामा वार्ता सुरु हुँदैछ । सन् २०१८ मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट …