विषय प्रवेशअब नामकरण गर्न बाँकी एक नम्वर प्रदेश मात्रै रहेको छ । पछिल्लो समय नामकरणको विषयमा बाक्लो छलफल भइरहेको छ । तर राजनैतिक दलहरु नाममा एकमत छैनन् । प्रदेश सभामा रहेका मुख्य दलका सभासदहरु किरातको विरुद्धमा छन् । उनीहरु कोशी र सप्तकोशी जस्ता भौगोलिक नामहरुमा मत जाहेर गरिरहेका छन् । उता साना दलहरु साना–साना पहिचानलाई जोडेर वहुपहिचानको पक्षमा छन् । माओवादी लगायतका पार्टीहरु किरातको पक्षमा रहेका छन् । मुख्य दलहरुले यसलाई जातीयता भनेर संकुचित र भड्किलो अपव्याख्या गर्दै भौगोलिक