पोल र ट्रान्सफर्मर नआउँदा खानेपानी आयोजनामा ढिलाइ

धनकुटा । धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले विद्युत् प्रधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दा समेत काम भएको छैन । धनकुटाको चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत् प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैया बुझाएको थियो । यस्तै चौबिसे गाउँपालिका–५ को बोधे बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २५५ रुपैयाँ प्राधिकरण धनकुटालाई बुझाएको थियो । गत जेठमा रकम बुझाए पनि अहिलेसम्म काम नभएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष भूमिराज देवानले बताए । नेपाल विद्युत् प्राधिकरण धनकुटामा कुरा गर्दा जहिले पनि एक हप्ता भनेर टार्ने गरेको गुनासो उनले गरे । बोधे र मौनाबुधुकमा खानेपानीको हाहाकार भएपछि ४ वर्षअघि दुवै खानेपानी आयोजनाको काम सुरु भएको थियो । हाल उक्त आयोजनाको काम प्रदेश सरकार अन्तर्गत खानेपानी डिभिजन कार्यालय धनकुटाले हेर्दै आएको छ । खानेपानी डिभिजन कार्यालयबाट सबै काम सम्पन्न भएको र विद्युत् प्राधिकरणमा रकम बुझाएको ८ महिना हुदा समेत उपकरण नपाएपछि आयोजनामा ढिलाइ भएको मौनाबुधुक लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष नरहाङ लिम्बुले बताए । प्राधिकरणको मनोमानीले काकाकुल अवस्थामा रहेका स्थानीयलाई पीडा थपिएको बोधे लिफ्टिङ खानेपानी योजनाका अध्यक्ष देवानले बताए । विद्युत् प्राधिकरणले काम अघि नबढाउँदा लिफ्टिङ खानेपानी योजनाको सम्पूर्ण कार्यमा अवरोध आई योजना सञ्चालन स्थगित भएको उनको भनाइ छ । काम यथाशीघ्र सुचारु गर्न भन्दै ज्ञापनपत्र बुझाएको भए पनि प्राधिकरणले बेवास्ता गरेको उनको गुनासो छ । यता, विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख प्रह्लाद पोख्रेलले प्राधिकरणमा अहिलेसम्म पोल र ट्रान्सफर्मर नआएकाले काम नभएको बताए । पोल र ट्रान्सफर्मर धनकुटामा मात्रै नभई कतै पनि नभएको उनको भनाइ छ । धनकुटामा खानेपानी, सडक, टेलिकमको धेरैओटा काम बाँकी रहेको उनले बताए । ‘५०–६० ओटा आएको पोल हिलेमा सडक मर्मतमा समस्या आयो भनेर पठाएको हो,’ पोख्रेलले भने, ‘अब आउँदै छ, जुन बुधुक र बोधेको खानेपानीकै लागि पठाउने हो ।’ खानेपानीको समस्या छ भन्ने थाहा भए पनि सामान नै नभएर काम गर्न नसकिएको उनले बताए ।

सम्बन्धित सामग्री

सुर्खेतको बाबियाचौरमा पुग्यो विद्युत्

सुर्खेत– सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । प्राधिकरणको वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बावियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो । पश्चिमको बाबियाचौरसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाड्ने, तार जोड्ने, स्टेक राख्ने, ट्रान्सफर्मर जडानलगायतका तयारी पूरा भएपछि गरिएको परीक्षण सफल भएको […]

भीषण हावाहुरीमा परेर चितवनमा तीनको मृत्यु

ठाउँ–ठाउँमा फुसका घर भत्किए, बिजुलीका पोल र ट्रान्सफर्मर ढल्दा विद्युत् अवरुद्ध पोल र रूख ढल्दा विभिन्न ठाउँमा सडक अवरुद्ध, नारायणी पुलका सबै बिजुलीका पोल भाँचिए गुडिरहेको ट्रक नारायणी पुलमै पल्टियो, सिनर्जी एफएमको टावर भाँचियो,...

पोल गाडेको ३ वर्षमा पनि बलेन बिजुली

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका २ रुममा पोल गाडिएर तार झुन्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।  नेपाल विद्युत् प्राधिकरणले रुममा पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका ६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो । रुमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्...

प्राधिकरणले ल्यायो विद्युत पोल सार्न नयाँ कार्यविधि

नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न नयाँ प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको हो । कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नु पर्ने दायित्वलगायतका व्यवस्था गरिएको छ । प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००/२३० भोल्ट (एलटी लाइन), ११ क

रकम बुझाएको आठ महिनामा पनि विद्युत् प्राधिकरणले दिएन पोल र ट्रान्सफर्मर

धनकुटा : चौबिसे गाउँपालिकाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले लिफ्टिङ गर्न विद्युत् प्राधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दा पनि ट्रान्सफर्मर र पोल पाएका छैनन्।चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत् प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैयाँ बुझाएको थियो। यस्तै‚ चौबिसे–५ को बोधे बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २५५ रुपैयाँ बुझाएको थियो।

प्राधिकरणले पोल र ट्रान्सफर्मर नदिँदा खानेपानी योजना अवरुद्ध

धनकुटा : धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले पानी लिफ्टिङ गर्न नेपाल विद्युत प्राधिकरणलाई ट्रान्सफमर र पोल खरिदका लागि शुल्क बुझाएको ८ महिना हुँदासमेत काम भएको छैन।धनकुटाको चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रूपैयाँ बुझाएको थियो।यस्तै चौविसे गाउँपालिका–५ को बोधे बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २ सय ५५ रूपैयाँ प्राधिकरणलाई बुझाए

अर्जुनधाराको सडक किनारमा महिलाको शव फेला

झापा : अर्जुनधारा नगरपालिकामा एक महिलाको शव सडक किनारमा बिहान फेला परेको छ। सोमबार बिहान ८ बजे अर्जुनधारा–६ बिहानी टोलमा विद्युत् पोल नजिकै शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले शव अर्जुनधारा-१० खुदुनाबारी घर भई बिहानी टोलमा डेरा गरी बस्दै आएकी ४५ वर्षीया साबित्रा खड्का विश्वकर्माको जानकारी दिए।विद्युत्‌को ट्रान्सफर्मर जडित पोलमुनि शव फेला परेको थियो। महिलाको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको र काँधको भाग डढेको डिएसपी थापाले बताए।

ट्रान्सफर्मर लैजान नसक्दा आयोजना अलपत्र

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको एक दुर्गम बस्तीमा विद्युत्को पोल गाडेर तार टाँगिएको छ तर एक वर्षदेखि गाउँ अन्धकार छ। गाउँमा सडक नपुग्दा ट्रान्समिटर लैजान नसकिएपछि विद्युत् पूर्वाधार तयार भए पनि विद्युतीकरण हुन सकेको छैन।

अस्तव्यस्त विद्युत् प्रणाली एकीकृत गर्न सर्भे - Karobar National Economic Daily

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणसँग हाल मुलुकभर कति ट्रान्सफर्मर, पोल र तार छन् अनि अनि माग र आपूर्तिको अवस्था छ के भन्ने एकीकृत विवरण छैन । अस्तव्यस्त रहेको यो विद्युत्…