झापा : अर्जुनधारा नगरपालिकामा एक महिलाको शव सडक किनारमा बिहान फेला परेको छ। सोमबार बिहान ८ बजे अर्जुनधारा–६ बिहानी टोलमा विद्युत् पोल नजिकै शव फेला परेको हो।जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले शव अर्जुनधारा-१० खुदुनाबारी घर भई बिहानी टोलमा डेरा गरी बस्दै आएकी ४५ वर्षीया साबित्रा खड्का विश्वकर्माको जानकारी दिए।विद्युत्को ट्रान्सफर्मर जडित पोलमुनि शव फेला परेको थियो। महिलाको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको र काँधको भाग डढेको डिएसपी थापाले बताए।