रकम बुझाएको आठ महिनामा पनि विद्युत् प्राधिकरणले दिएन पोल र ट्रान्सफर्मर

धनकुटा : चौबिसे गाउँपालिकाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले लिफ्टिङ गर्न विद्युत् प्राधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको आठ महिना हुन लाग्दा पनि ट्रान्सफर्मर र पोल पाएका छैनन्।चौबिसे गाउँपालिका–७ को मौनाबुधुकमा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी लिफ्टिङ गर्न विद्युत् प्राधिकरण धनकुटामा ३२ लाख ४ हजार ७५ रुपैयाँ बुझाएको थियो। यस्तै‚ चौबिसे–५ को बोधे बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले ३३ लाख ४५ हजार २५५ रुपैयाँ बुझाएको थियो।