म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका २ रुममा पोल गाडिएर तार झुन्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।
नेपाल विद्युत् प्राधिकरणले रुममा पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका ६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३–११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।
रुमका नन्दबहादुर घर्तीमगरले पोल गाडेको तीन वर्ष र ट्रान्सफर्मर राखेको दुई वर्...