काठमाडौँ । बुधवार भारतको नयाँ दिल्लीमा भएको क्षेत्रीय सुरक्षा संवादले अफगानिस्तानबाट उत्पन्न हुनसक्ने आतङ्कवादविरुद्ध लड्ने प्रयासको घोषणा गरेको छ । भारत, रुस, इरान, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, काजकिस्तान र किर्गिस्तान गरी ८ देशबिच भएको सुरक्षा सम्मेलन अफगानिस्तानकाे बिषयमा केन्द्रित थियो ।