अफगानिस्तानबाट उद्धार गरिएका ११ जना नेपाली नयाँ दिल्ली आइपुगे

काठमाण्डाै – अफगानिस्तानबाट आज बिहीवार थप ११ जना नेपालीको उद्धार गरिएकाे छ । उनीहरू नयाँ दिल्ली आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै काबुलका विभिन्न ठाउँबाट उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । काबुलबाट उद्धारको काम भइरहेकाे तथा दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीलाई काठमाण्डौसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको सरकारले जनाएको छ । अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्स...

सम्बन्धित सामग्री

अफगानिस्तानबाट नेपाली नागरिक उद्धारको प्रक्रिया अन्तिम चरणमा

११ भदौ, काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् । थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट […]

‘जुन माध्यमबाट गएको भए पनि सबै नेपालीको अबको एक/दुई दिनमै उद्धार भइसक्छ’

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरिरहेको छ । लगभग एक हजार नेपालीको अफगानिस्तानबाट उद्धार भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुकाे नेपाल फर्कने क्रम जारी छ । काबुलबाट दोहा, लन्डन, दिल्ली लगायतका ठाउँमा पुगेका छन् नेपालीहरू । उनीहरूलाई सम्बन्धित रोजगारदाताले नै स्वदेश पठाइरहेक...

‘जुन माध्यमबाट गएको भए पनि सबै नेपालीको अबको एक/दुई दिनमै उद्धार भइसक्छ’

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरिरहेको छ । लगभग एक हजार नेपालीको अफगानिस्तानबाट उद्धार भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुकाे नेपाल फर्कने क्रम जारी छ । काबुलबाट दोहा, लन्डन, दिल्ली लगायतका ठाउँमा पुगेका छन् नेपालीहरू । उनीहरूलाई सम्बन्धित रोजगारदाताले नै स्वदेश पठाइरहेका छन् । अफगानिस्तानमा बाँकी रहेकाको स्वदेश फिर्तीका लागि दिल्लीमा रहेकाे नेपाली दूतावासले समन्वय र सहजीकरण गरिरहेको छ । तर कुनै कम्पनीमा आबद्ध नभएका, भर्खरै अफगानिस्तान पुगेका, भिसा नभएका, एजेण्टले अलप...

अफगानिस्तानबाट उद्धार गरिएका सिख सांसद रोए दिल्लीमा (भिडियो)

अफगानिस्तानमा सिख समुदायका सांसद नरेन्दर सिंह खालसा काबुलबाट दिल्ली आइपुगेर पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा रोएका छन् ।  गला अवरुद्ध पार्दै तथा आँखामा आँसु ल्याउँदै उनले भने, ‘मलाई रुन मन लागेको छ । विगत २० वर्षमा बनाएका सबै कुरा ध्वस्त भए । अब शून्यता मात्र बाँकी छ ।’    #WATCH | Afghanistan's MP Narender Singh Khalsa breaks down as he reaches India from Kabul. "I feel like crying...Everything that was built in the last 20 years is now finished. It's zero no...

अफगानिस्तानबाट उद्धार गरिएका दीपेन शेर्पा भन्छन्– त्यहाँ स्थिति निकै डरलाग्दो छ

अफगानिस्तानबाट उद्धार गरेर दिल्ली ल्याइएकामध्ये एक व्यक्ति दीपेन शेर्पाले त्यहाँ स्थिति अत्यन्तै डरलाग्दो भएको बताएका छन् ।  भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै उनले भने, ‘मानिसका लागि निकै जोखिमपूर्ण स्थिति छ । चारैतिर गोली चलिरहेको र बम पड्किरहेको छ । तालिबानलाई विश्वास गर्न सकिन्न । उनीहरू मान्छेलाई कुटपिट गरिरहेका छन् । हामी त्रासको स्थितिमा थियौं ।’