‘जुन माध्यमबाट गएको भए पनि सबै नेपालीको अबको एक/दुई दिनमै उद्धार भइसक्छ’

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरिरहेको छ । लगभग एक हजार नेपालीको अफगानिस्तानबाट उद्धार भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुकाे नेपाल फर्कने क्रम जारी छ । काबुलबाट दोहा, लन्डन, दिल्ली लगायतका ठाउँमा पुगेका छन् नेपालीहरू । उनीहरूलाई सम्बन्धित रोजगारदाताले नै स्वदेश पठाइरहेका छन् । अफगानिस्तानमा बाँकी रहेकाको स्वदेश फिर्तीका लागि दिल्लीमा रहेकाे नेपाली दूतावासले समन्वय र सहजीकरण गरिरहेको छ । तर कुनै कम्पनीमा आबद्ध नभएका, भर्खरै अफगानिस्तान पुगेका, भिसा नभएका, एजेण्टले अलप...