चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएको बताएकी छन् ।भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले शनिबार ८७ औँ भूपी जयन्तीको अवसरमा आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितालाई सम्बोधन गर्दै उनले कला साहित्य तथा संस्कृतिको जर्गेना गर्न महानगरले प्रतिष्ठानको स्थापना गरेको उल्लेख गरेकी हुन् ।भरतपुर प्रज्ञा–प्रतिष्ठानको कुलपति समेत रहेकी मेयर रेनु दाहालले कला साहित्यको क्षेत्रमा कमल चलाउनेहरूलाई सानो भए पनि