बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार आवश्यक : भारत अरुणाचलका मुख्यमन्त्री खाँडु

काठमाडौँ- उत्तरपूर्वी भारतको अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाँडुले बौद्ध संस्कृतिको संरक्षण मात्रै नभई प्रचारप्रसार गर्नुपर्ने बताएका छन् । अरुणाचलको जेमिथाङमा आयोजित एक बौद्ध सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री खाँडुले आफ्नो राज्यमा ठूलो सङ्ख्यामा बौद्धमार्गीको बसोबास रहेको उल्लेख गरे । राज्यका बौद्धमार्गीले आफ्नो संस्कृति परम्परालाई जोगाएकोमा उनले सन्तोष पनि व्यक्त गरे । उनले आफ्नो राज्यमा बौद्धमार्गीका साथै […]