केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को नतिजाको प्रतिवेदन चार तहमा प्रकाशित हुने जनाएको छ । जसअनुसार राष्ट्रिय प्रतिवेदन, प्रदेशगत प्रतिवेदन, जिल्लागत प्रतिवेदन र स्थानीय तहगत प्रतिवेदन प्रकाशित हुनेछ । स्थानीय तहअन्तर्गत ७ सय ५३ पालिकाको अलग-अलग प्रतिवेदन हुने जनाइएको छ ।