विभागले फिल्डका कर्मचारीलाई भन्यो, ‘आफ्नै पकेट खर्चमा जनगणनाका काम गर्नू’

काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ अन्तर्गत घरधुरीको लगत लिइरहेको केन्द्रीय तथ्यांक विभाग अहिले आर्थिक समस्यामा परेको छ। विभागले भदौ ३० देखि घरधुरी सूचीकरण कार्य सञ्चालन गरेको हो। सूचीकरण कार्य १८ असोजसम्म चल्नेछ। उक्त कार्यका लागि ८ हजार पाँच सय सुपरिवेक्षक विभागले खटाएको छ। स्थानीय तहमा स्थापना भएका जनगणना कार्यालयका कर्मचारी पनि सँगै खटिरहेका छन्। मंगलबारसम्म […]