केन्द्रीय तथ्यांक विभागले गरेको राष्ट्रिय जनगणनामा चित्त नबुझेको भन्दै रामेछापको खाँडादेवी गाउँपालिकाले छुट्टै जनगणना थालेको छ । तथ्यांक विभागले गाउँपालिकाकालाई कारवाही हुने जनाएको छ भने गाउँपालिकाले चाहिँ कानून पढ्न विभागलाई सुझाएको छ ।विभागले गरेको जनगणनाको आँकडा नमिलेको भन्दै जनगणना थालिएको खाँडादेवी गाँउपालिका अध्यक्ष प्रेमबहादुर तामाङले रातोपाटीलाई बताए । उनले जनगणना थालेको एक साता भएको बताउँदै हालसम्म २५ प्रतिशत काम सकिएको र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने बताए ।अध्यक्ष तामाङले भने, &l