काठमाडौं (अस) । नेपालका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्स प्रालिले प्रिमियम एसयूभी सेग्मेन्टमा आधारित क्षमताकोे फोर्ड एभरेष्टको बुकिङ खुला गरेको छ ।
फोर्ड नेपालले २१३ पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लिटर वाई–टर्बोको नेपाली बजारमा बुकिङ खुलाएको घोषणा गरेको हो । यो गाडी संसारकै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसन र सेलेक्ट सिफ्टसहितको रहेको छ भने आवश्यक परेका बेला गियर लक गर्ने सुविधा पनि छ ।
गाडीमा ७ वटा एयरब्यागको सुरक्षा, टेरान म्यानेजमेन्ट सिस्टम क्षमता, एडप्टिभ क्रुज कन्ट्रोल, एन्टिपिन्च सेन्सरयुक्त ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिनसहितकोे एड्भान्स सिन्को ०३ इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोललगायत विशेषता छन् । नेपाली बजारमा फोर्ड एभरेष्टको सुरुआती मूल्य १.९९ करोड तोकिएको कम्पनीले बताएको छ ।