काठमाण्डाै – चीनले मङ्गल ग्रहमा अवतरण गराएको जुरोङ नामको यानले खिचेको पहिलो तस्बिर सार्वजनिक गरेको छ । गएको शनिवार मङ्गल ग्रहमा अवतरण भएको यानले खिचेको तस्बिर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।तस्बिर : सीएनएसएतस्बिरमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छ भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ । सौर्य ऊर्जाबाट चल्ने दुई सय ४० किलो तौलको यानले मङ्गल ग्रहमा ९० दिन काम गर्ने अपेक्षा गरेको चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।तस्बिर : सीएनएसएयान मङ्गल ग्रहको उत्तरी गोलार्धम...