पहिलोपटक ब्रह्माण्डको रङ्गिन तस्बिर सार्वजनिक भएकाे छ । जेम्स वेब स्पेस टेलिस्कोपबाट पहिलो पूर्ण–रङ तस्बिर सार्वजनिक गरिएको छ । यो तस्बिरलाई ब्रह्माण्डको अहिलेसम्मको सबैभन्दा गहिरो, सबैभन्दा विस्तृत इन्फ्रारेड दृश्य मानिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ह्वाइट हाउसमा ब्रिफिङ्गका क्रममा तस्बि देखाइएको थियो । तस्बिर हेरेपछि बाइडेनले आफूहरु पहिले कसैले नदेखेका सम्भावना देख्न सक्षम रहेको प्रतिक्रिया दिनुभएको छ । जेम्स वेबका थप तस्बिरहरू नासाले आज सार्वजनिक गर्ने बीबीसीले जनाएको छ ।
वेब परियोजनाका कार्यक्र...