एमाले नेतृ बिन्दा पाण्डेले यौन हिंसासम्बन्धी बहस शीर्ष नेताहरुका बीच हुनुपर्ने बताएकी छन् । महिलाका मुद्दा अब राजनीतिक मुद्दा बन्नुपर्ने भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सँगै राखेर बहस गर्नुपर्ने बताएकी हुन् ।शुक्रबार राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग र महिला अधिकारका लागि काम गर्ने संस्था संकल्पको संयुक्त आयोजनामा भएको यौन हिंसा सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले महिलाका मुद्दालाई राजनीतिक पार्टीहरु