धनगढी– कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरीका ३३ वर्षीय शेरबहादुर पुनमगरमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ […]