मोरङको बुढीगंगा गाँउपालिका–३ शान्तिचोकमा मंगलबार कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा गाँउपालिका–२ बगवनका अन्दाजी ३० बर्षीय शोभा राजवंशी रहेका छन् । बागमती प्रदेश ०१–०२७ च २२ ६६ नम्बरको कारको ठक्करबाट गम्भीर घाइते भएका राजवंशीको गंगाचोक स्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राजवंशी सवार मे २ प ६९५७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो साढे १ बजे कारले ठक्कर दिएको थियो । कार चाल