सर्लाही : सर्लाहीको हरिवन नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत नयाँ रोडमा आज बिहान कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। उपचारका क्रममा उनको मृत्यु भएको हो।पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई पश्चिमबाट आएको बा ७ च ९२२२ नम्बरको कारले ठक्कर दिँदा हरिवन नगरपालिका–११ का ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ढुंगेलको वीरगन्जमा उपचारका&