काठमाण्डौ – सरकारले आउँदाे वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नुभएको आउँदो आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख गरिएकाे हो ।
उहाँले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गरिने बताउनुभयो ।
अर्थमन्त्री शर्माले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकार...