रुसले युक्रेनमा गरेको आक्रमणको पहिलो चरण सकिएको घोषणा गरेको छ । रुसका वरिष्ठ सैन्य अधिकारी सर्गेई रुद्स्कोइले युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको र युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको बताउनु भएको बीबीसीले जनाएको छ ।
एक महिनाअघि युक्रेनमा आक्रमण शुरु गरेको रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने संकेत गर्दै अब पूर्वी क्षेत्र डोन्बासमा केन्द्रित हुने बताएको छ । युक्रेनको बलियो प्रतिवादका कारण अघि बढ्न नसकिरहेको रुसले केही सहरहरू कब्जा गरेर युक्रेनको सरकार ढाल्न लक्षित भएको देखिएको बीबीसीले जनाएको छ ।
रुसले युक्र...