सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप उद्घाटन गरेको भन्दै परेको अवहेलना मुद्दामा विपक्षीलाई झिकाउन बिहीबार आदेश भएको छ । अधिवक्ता सञ्जय अधिकारीलगायतले आइतबार दर्ता गरेको अवहेलना मुद्दामा सर्वोच्चले काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका दरबार हेरचाह अड्डा प्रमुख सन्दीप खनाललाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।