व्यवसाय सफल बनाउन के गर्ने ?

अहिलेका धेरै युवा आफ्नै व्यवसाय गर्न चाहिरहेका हुन्छन् । तर कुन व्यवसाय गर्ने, त्यसलाई अगाडि बढाउने र कसरी प्रभावकारी मार्केटिङ गर्ने भन्ने विषयको उचित जानकारी पाउने ठाउँ भने पाइरहेका हुँदैनन् । व्यवसाय सुरु गर्न चाहने हरेक व्यक्तिको परिस्थिति फरक-फरक हुन्छ । कसैसँग पैसा हुन्छ, मार्केटिङ आइडिया हुँदैन । कसैसँग मार्केटिङको आइडिया त हुन्छ तर आर्थिक […]

सम्बन्धित सामग्री

वास्तु टिप्स : व्यवसाय सफल बनाउन के गर्ने ?

हरेक मानिसलाई आफ्नो छुट्टै व्यवसाय र छुट्टै पहिचान होस् भन्ने हुन्छ । तर कुनै कारणवश वा समस्याका कारण त्यो सपना पुरा हुन सकेको हुँदैन । वास्तु शास्त्रले एउटा सफल व्यवसायी हुन अपनाउनु पर्ने उपायहरूका बारेमा केही व्याख्या गरेको छ । वास्तुशास्त्रीहरुका अनुसार, कुनै पनि घर तथा कार्यालयको वास्तु दोष निवारण गर्न कुनै पनि तोडफोडको आवश्यकता […]

वैशाख १५ देखि विराटनगरमा खुल्ला माछामासु बेच्न नपाइने

विराटनगर : विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि लागू हुने गरी खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाएको छ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताए। अभियानलाई सफल बनाउन महानगरले बिहीबार सरोकारवालासित अन्तरक्रिया गरेको छ। विराटनगरका मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो।स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले माछामासु व्यवसाय व्य

‘भरतपुर भ्रमण वर्ष २०८०’ को तयारी शुरू

चितवन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०८०’ लाई लक्षित गर्दै सरोकारवालाबीच छलफल गरी तयारी शुरू गरेको छ । महानगरपालिकाभित्रका ३० ओटा गन्तव्यको प्रचारप्रसार गरी महानगरले पर्यटन प्रवर्द्धन गर्न लागेको हो । छलफलमा सहभागीहरूले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्ने, रात्रिकालीन पर्यटनलाई प्राथमिकता दिनुपर्ने र बसाइ अवधि लम्ब्याउने प्याकेज कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले पर्यटन प्रवर्द्धन गर्न प्रचारप्रसार अपरिहार्य रहेको भन्दै डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल र अनलाइन मिडियामा केन्द्रित रहनुपर्ने बताएका थिए । होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश चुकेले हाल देशको अर्थतन्त्र धराशयी भएको अवस्थामा यसलाई सुधार गर्न अपरिहार्य रहेको बताए । भरतपुरमा पर्यटन पूर्वाधारका काम ७० प्रतिशतभन्दा बढी पूरा भइसकेकाले यसको प्रवर्द्धनमा निजीक्षेत्र र सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो । ‘भरतपुर पर्यटन प्रवर्द्धनको पूर्वाधारका लागि सेवा दिन सक्षम छ,’ उनले भने, ‘हामी पनि सक्षम छौं, तर यसको प्रवर्द्धनका लागि सरकारी निकाय भूमिका महत्त्वपूर्ण हुन्छ ।’ जिल्लाको होटल व्यवसाय चलायमान बनाउन भ्रमण वर्षमा पर्यटक लक्षित कार्यक्रम ल्याइनुपर्नेमा उनको जोड थियो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले भ्रमण वर्ष सफल बनाउन पर्यटकीय क्षेत्रको वर्गीकरण गरी निजीक्षेत्रसँग सहकार्य गरी महानगरले कार्यक्रम बनाउनुपर्ने बताए । पर्यटकका लागि सुरक्षा, यातायातको व्यवस्था सहज गर्दै पर्यटकीय गन्तव्यलाई सौन्दर्यकरणमा जोड दिन सुझाव दिए । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले अन्तरराष्ट्रिय एक्स्पो लगायतका कार्यक्रमले चितवनको पर्यटन क्षेत्रलाई टेवा पुर्‍याएको भन्दै उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘पर्यटकको संख्यासँगै बसाइ अवधि लम्ब्याउने कार्यक्रम ल्याउनुपर्दछ,’ न्यौपानेले भने, ‘लिंक र कनेक्टिभिटी बनाई यातायात र गन्तव्यको कार्यतालिका बनाइनुपर्छ ।’ भरतपुर महानगरका पर्यटन विज्ञ डा. विश्व सुवेदीले शिथिल भएको पर्यटन क्षेत्र उकास्न आन्तरिक तथा बाह्य पर्यटन आगमनमा जोड दिनुपर्ने बताए । भरतपुरका ३० ओटा पर्यटकीय गन्तव्यलाई चिनाउन राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारका कार्यक्रम अघि बढाउनुपर्ने बताए । कार्यक्रममा महानगरपालिका उपप्रमुख एवं ‘भरतपुर भ्रमण वर्ष २०८०’ को कार्यकारी समितिका संयोजक चित्रसेन अधिकारीले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि स्थानीय सरकार थप सक्रिय रहने बताए ।  पर्यटन क्षेत्र अन्य क्षेत्रको समेत परिपूरक रहेको भन्दै उनले पर्यटनको विकासविना अन्य क्षेत्रको विकास हुन नसक्ने बताए ।

तपाई व्यापारमा सफतला प्राप्त गर्न चाहनुहुन्छ, वास्तुका यी नियम पालना गर्नुहोस्

एजेन्सी । वास्तुमा दिशाहरू धेरै महत्त्वपूर्ण छन्। तपाईलाई व्यवसाय गर्ने ठाउँको साथै अध्ययनको दिशाको ख्याल गर्नु पनि धेरै महत्त्वपूर्ण छ। यदि तपाई आफ्नो व्यवसाय सफल बनाउन चाहनुहुन्छ भने अवश्य अपनाउनुहोस् यी वास्तु उपायहरू।

उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इन्नोभेशन कार्यक्रम शुरू

विराटनगर । उद्योग संगठन मोरङले नवीन योजनासहित छनोट गरेका नवउद्यमीका लागि चारदिने व्यावसायिक रूपान्तरण कार्यक्रम शुक्रवारदेखि शुरू भएको छ । संगठनको स्टार्टअप एण्ड इन्नोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका २४ स्टार्टअप व्यवसायीहरूको समूह यसमा सहभागी छ । शुभारम्म कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इन्नोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आफ्नो सोचलाई व्यासायिकतामा रूपान्तरण नगरेसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । उद्योग संगठन मोरङले नयाँ उद्यमशीलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन उनले आग्रह गरे । चारदिने कार्यक्रममार्फत प्रदान गरिने ज्ञान र शीपले स्टार्टअप व्यवसायीको दक्षता अभिवृद्धि गरिने उनको भनाइ छ । कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरी स्टार्टअपहरूको सम्बन्धमा जानकारी दिइने उनले बताए । कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चारदिने बूट क्याम्पका स्रोत व्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफ्नो व्यवसायको भावी लक्ष्य निर्धारण गर्नु अत्यावश्यक हुने बताए । उक्त कार्यक्रममा व्यापारलाई व्यावसायिक मोडलका रूपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय स्रोत व्यवस्थापन तथा परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायत विषयमा सैद्धान्तिक ज्ञान प्रदान गरिने उनले बताए । कार्यक्रमको फोकल पर्सन प्रीति कोइराला भट्टराईले प्रदेश नं १ का हिमाल, पहाड र तराई क्षेत्रबाट छनोट भएका कृषि, जडीबुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीको सहभागिता रहेको बताइन् । बूट क्याम्पले छनोट भएका स्टार्टअको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गरी लगानीमैत्री बनाउन सघाउने उनको भनाइ छ । कार्यक्रममा स्टार्टअप व्ययवसायीका अतिरिक्त स्टार्टअप एण्ड इन्नोभेशन समितिका सदस्यहरू, साझेदार संस्थाका प्रतिनिधिका साथै परामर्शदाताहरू समेत सहभागी छन् ।

उद्योग संगठन मोरङद्वारा चार दिने बुट क्याम्प कार्यक्रम प्रारम्भ

असोज १५, विराटनगर । उद्योग संगठन मोरङले  शुत्रवारदेखि चारदिने बुट क्याम्प कार्यक्रम प्रारम्भ गरेको छ । स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमअन्तर्गत छनोट भएका २४ ओटा स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन सो कार्यक्रम आयोजना गरिएको हो ।             कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एन्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले देशका युवा वर्गले आफ्नो सोचलाई व्यासायिकतामा रुपान्तरण गर्न सकेमा मात्र देशले आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए।             उनले नयाँ उद्यमशीलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन सबैमा आग्रह गरे। यस्तो कार्यक्रममार्फत प्रदान गरिने ज्ञान र सीपले स्टार्टअप व्यवसायीहरुको सोच र अवधारणाको व्यावसायिक विकासका लागि नयाँ सम्भावना र आयामहरुका बारेमा दक्षता अभिवृद्धि गरिने संयोजक गोल्छाको भनाइ थियो ।             कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत तथा चारदिने बुट क्याम्पका स्रोत व्यक्ति निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफ्नो व्यवसायको भावी लक्ष्य निर्धारण गर्न अनुरोध गर्दै तालिम अवधिमा सहभागीहरुका व्यापारलाई व्यावसायिक मोडलका रुपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय स्रोत व्यवस्थापन र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरी बिजनेस मोडल क्यान्भास तयार गर्ने बताए।            कार्यक्रमको फोकल पर्सन प्रीति कोइराला भट्टराईले प्रदेश नं १ का हिमाल, पहाड र तराईबाट छनोट भएका २४ ओटा स्टार्टअपहरुमा कृषि, जडीबुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्टार्टअप व्यवसायीहरुको सहभागिता रहेको बताउँदै बुट क्याम्पले छनोट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउँदै लगानीमैत्री बनाउन सहयोग पुर्‍याउने बताइन् । रासस

राप्ती समाजको अधिवेशन जुलाई ११ तारिख हुने

राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार, व्यवसाय, अध्ययन, रोजगारीमा संलग्नहरूको साझा संस्था राप्ती समाज जापानको तेस्रो अधिवेशन आउँदो जुलाई ११ तारिख आइतबार हुने भएको छ । समाजका अध्यक्ष युवराज रेग्मीले अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि तयारी अगाडि बढिरहेको र जापानका विभिन्न क्षेत्रमा रहनुभएका सम्पूर्ण राप्तीबासीहरुलाई सक्रिय उपस्थिति भएर सफल बनाउन हार्दिक …

लकडाउनमा साना व्यवसायी मारमा

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेसँगै व्यापार व्यवसाय ठप्प भएका छन् । तर धनगढीमा ठूला व्यवसायीहरुको व्यवसाय निर्बाध रुपमा चलिरहेको र साना व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न नदिएर राज्यले आफूहरुमाथि विभेद गरेको आरोप लगाएका छन् । धनगढी उपमहानगरपालिकाले लकडाउनलाई सफल बनाउन भन्दै चैत २३ गतेदेखि साना तथा ठूला सम्पूर्ण अत्यावश्यक वस्तु बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ ।