कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन गरेसँगै व्यापार व्यवसाय ठप्प भएका छन् । तर धनगढीमा ठूला व्यवसायीहरुको व्यवसाय निर्बाध रुपमा चलिरहेको र साना व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न नदिएर राज्यले आफूहरुमाथि विभेद गरेको आरोप लगाएका छन् ।
धनगढी उपमहानगरपालिकाले लकडाउनलाई सफल बनाउन भन्दै चैत २३ गतेदेखि साना तथा ठूला सम्पूर्ण अत्यावश्यक वस्तु बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाएको छ ।