विराटनगर : विराटनगर महानगरपालिकाले वैशाख १५ गते शुक्रबारदेखि लागू हुने गरी खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाएको छ।विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताए। अभियानलाई सफल बनाउन महानगरले बिहीबार सरोकारवालासित अन्तरक्रिया गरेको छ। विराटनगरका मासु व्यवसायीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको हो।स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले माछामासु व्यवसाय व्य