३ लाखबाट व्यवसाय सुरु गरेका ध्रुब, जसले ढालिदिए नाडामा ‘कर्पोरेट सिण्डिकेट’को सम्राज्य

केही महिना यता ध्रुब थापाको नाम धेरै चर्चित बन्यो । यद्यपी, उनी सामाजिक काममार्फत देशका विभिन्न ठाउँमा बेला मौकामा पुगिरहन्थे । यसपाली भने नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको चुनावी अभियानले उनलाई देशैभरी पुर्यायो ।उम्मेदवारी घोषणा गरेका थापालाई सुरुमा प्रतिस्पर्धी समूहले दाबेदार नै स्वीकार गरेन । तर, थापा देशभरी पुगे । आफ्ना एजेण्डा सुनाए । सदस्यहरु पनि मोफसलबाटै नेतृत्व आउनुपर्छ भन्नेमा एकमत देखिए । जसले थापाको आत्मविश्वास दिनप्रतिदिन बढ्दै गयो । अन्ततः चौधरी समूहको परिवारको व्यक्ति करण चौधरीलाई ६६ मतको अन्तरले हराउँदै पोखराका व्यवसायी थापा नाडाको अध्यक्षमा निर्वाचित भए ।कसरी व्यवसायमा आए ध्रुब थापा ?हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा मोफसलमा पनि एकदमै ‘ग्राउण्ड लेभल’बाट उदाएका सफल व्यवसायी हुन् । ३ लाख रुपैयाँ लगानी गरेर मोटरसाइकलको रिकन्डिसन सेन्टरबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका थापा अहिले १५ वटा कम्पनी चलाउँछन् ।हिमालयन अर्गनाइजेसनमार्फत ४ अर्ब एकल लगानी गरिसकेका थापा घरजग्गा, हहस्पिटालिटी (होटल), अटोमोबाइल्स र इञ्जिनियरिङ गरि १५ कम्पनीमा आवद्ध छन् ।एसएलसी उत्तीर्ण गरेर प्रविणता तह पढ्दै गर्दा १७ वर्षको कलिलो उमेरमै व्यवसाय सुरु गरेका थापाको मुहारमा विगतको स्मरण गर्दा भावुक र प्रशन्नता दुबै देख्न सकिन्छ । पोखरामा पूराना मोटरसाइकलको आधिकारिक वा औपचारिक किनबेच हुने ठाउँ थिएन । त्यसैले उनले यही व्यवसाय सुरु गरे । यो व्यवसायमा प्रवेश गर्न एउटा घटनाले उनलाई सकारात्मक उर्जा दियो । एक दिन आफ्ना दाजुले आफूले चढिरहेको मोटरसाइकल बिक्रि गरे । आफूले चलाईरहेको मोटरसाइकल बिक्रि गर्दा किनेको भन्दा बढी पैसा दाजुले पाएको देखे । त्यसपछि आर्थिक रुपमा फाइदा हुने सोचेर उनले रिकन्डिसन व्यवसायमा हात हाले । सुरुमा किनेर बेच्ने मात्रै गर्थे । तर, २०४८ सालमा भने थापाले ‘गण्डकी रिकन्डिसन सेन्टर’ नै खोलेर औपचारिक रुपमा व्यवसायमा होमिए । २ वटा पूराना मोटरसाइकल किनेर राखेर रिकन्डिसन सेन्टर सुरु गरे । ‘नेपालमा आधिकारिक रुपमा दर्ता भएर सुरु भएको पहिलो रिकन्डिसन सेन्टर नै त्यही हो’ थापा स्मरण गर्छन्, ‘होन्डा एक्सएल र होन्डा सिजी गरेर २ वटा मोटरसाइकल किने, ३ लाख लगानी गरेँ । लगानी बुबा र दाईले जोहो गरिदिनु भयो ।’आर्थिक रुपमा मध्यम वर्गकै परिवार हो थापाको । बुबा भारतीय सेनामा जागिरे भएकाले आर्थिक रुपमा खासै अभाव भने झेल्नु परेको थिएन । बुबा भारतबाट फर्किएपछि किराना पसल चलाएका थिए । बुबालाई सघाएको अनुभवले पनि ध्रुब थापालाई व्यवसायिक यात्रामा सफल बनाउन काम गर्यो ।पढ्दै व्यवसाय गर्दैकानुनका विद्यार्थीसमेत रहेका थापा पढ्दै व्यवसाय गर्न थाले । बिहानको कक्षा भएकाले दिउँसो उनी व्यवसायमा खट्न थाले । सबै कक्षा लिन भ्याउँदैन थिए पनि ।बिहान १० बजे नै रिकन्डिसन सेन्टरमा पुगेर आफैँ सरसफाइमा खटिन्थे । मार्केटिङदेखि बिक्रि र हरहिसाब सम्मको काम एक्लै गर्थे । डिलरदेखि आधिकारिक वितरकसम्मआम्दानी बढ्दै पनि गयो । २०५१ सालमा सुजुकी मोटरसाइकलले पोखरामा डिलर खोल्ने भयो । सुजुकीले ध्रुबलाई नै सम्झियो । भेटेर प्रस्ताव पनि राख्यो । उनले पनि प्रस्ताव स्वीकार गरे र सुजुकी मोटरसाइकलको पोखराका लागि आधिकारिक डिलर बने ।२०५१ कै अन्तिम तिर उनले नेपाली गाडी हुलास मुस्ताङ र जापानी गाडी डाइहाट्सुको डिलर लिए । ७ वर्ष चलाएपछि रिकन्डिसन सेन्टर भने छाडे । आफैँले औपचारिक रुपमा सुरु गरेको क्षेत्रमा आएका अन्य कम्पनीसँग उनले प्रतिस्पर्धा गर्न चाहेनन् । नयाँ केही गर्ने सोचका साथ उनले रिकन्डिसन सेन्टर छोडेका थिए ।त्यसपछि थापाले करिब डेढ करोडको लगानीमा घरजग्गा कारोबार थाले । राम्रो आम्दानी गरे । तर, घरजग्गा अन्तर्गत नै हाउजिङ डेभलपिङको काममा भने उनी सफल भएनन् ।रिकन्डिसन सेन्टर छोडेपनि उनले अटोमोबाइल्स व्यवसाय भने छोडेका थिएनन् । घरजग्गा व्यवसायमार्फत भएको अर्थोपार्जनले थापालाई अटोमोबाइल्स व्यवसाय विस्तार गर्न सहज भयो । फलस्वरुप, सन् २०१४ बाट उनले गाडी आयात नै गर्न थाले । उनी आयाम इन्टरकन्टिनेन्टलमार्फत् फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक बने ।कहाँ कहाँ छ लगानी ?थापाले अटोमोबाइल्स बाहेक ट्राभल टुरिजम तथा हस्पिटालिटी क्षेत्र र बैंकमा पनि लगानी गरेका छन् । एनएमबी र मेगा बैंकमा उनको लगानी छ । हस्पिटालिटीतर्फ पोखराको लेकसाइडमा थापाले होटल चलाएका थिए । अहिले त्यो बेचेर ‘माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा’ खोलेका छन् ।थापाले काठमाडौँमा कलेज पनि खोलेका थिए । तर, कलेज डुब्यो । त्यसपछि अटोमोबाइल्सकै सर्भिसका लागि अटो इञ्जिनियरिङतर्फ मोडिए । र, नाडाको अध्यक्षमा निर्वाचित‘ग्राउण्ड’बाट उठेका हुनाले उनले साना व्यवसायीका समस्या सहजै बुझ्छन् । नाडाको चुनावी अभियानमा पनि उनको नारा नै साना व्यवसायीमुखि बढी सुनिए ।तुलनात्मक रुपमा सबैभन्दा बढी समस्या साना व्यवसायीले नै झेलेपनि त्यो नाडाले नसुनेको गुनासो उनको थियो । आफू अध्यक्ष बनेर साना व्यवसायीका समस्या समाधानमा केन्द्रित हुने उनको अभिलाषा ती साना व्यवसायीले नै पूरा गराईदिए । ठूला व्यवसायी तथा गाडीका बिक्रेताहरु र साना मझौला व्यवसायबीच रहेको विभेदको खाडल पुर्ने बचनवद्धताका साथ चुनावी मैदानमा होमिएका थापा अन्ततः विजयी भएका छन् । यसले पारिवारिक विरासतका आधारमा सार्वजनिक संस्थाहरुमा ‘कर्पोरेट सिण्डिकेट’ सदस्यहरुले रुचाउँदैनन् भन्ने सन्देश दिएको छ ।यद्यपी, चुनावी दौडका बेला गरेका प्रतिवद्धता थापाले के कति पूरा गर्छन्, त्यो भने हेर्न बाँकी छ । 

सम्बन्धित सामग्री

इच्छाकामना महोत्सव सुरु

चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो।...

मनसुन सुरु भए लगत्तै धान रोपाइ सुरु (फोटो फिचर)

काठमाडौं– नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाइ सुरु भएको छ ।  काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाइ सुरु भएको हो ।

संसद अधिवेशन सुरु

काठमाडौँ- संघीय संसदको अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाको चौथो र प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हो । संघीय संसद भवनमा दुवै सदनको अधिवेशन सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्न्द्र पौडेलको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो । प्रनिधिसभाको अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै केही सांसदहरुले बोल्न उठेर समय माग गरेका […]

बाजुरामा मतगणना सुरु

एक सातादेखि अन्यौलमा रहेको बाजुरामा बिहीबारबाट मतगणना सुरु भएको छ। दिउँसो ३ः३० बजेबाट सुरु हुने भने पनि ढिलो गरी मतगणना सुरु भएको हो। निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्न बुधबार निर्णय...

इलाम २ मा मतगणना सुरु, क्षेत्र १ को सुरु गर्ने तयारी

इलामको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। अपराह्न पौने २ बजे सदरमुकामस्थित सिटीहलमा मतगणना सुरु भएको हो।...

रोल्पामा मतगणना सुरु

रोल्पाका ८ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ। अधिकांश पालिकामा राति देखि मतगणना सुरु गरिएको थियो भने केहिमा बिहानै देखि सुरु भएको हो।...

लोडसेडिङ सुरु

काठमाडौं, १४ वैशाख । देशमा फेरि लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कार्यतालिका बनाएर औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गर्ने भएको हो । कार्यतालिका बनाएर नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ सुरु गर्न लागेको हो । घरायसी प्रायोजनका लागि चल्ने विद्युत भने नियमित आपूर्ति हुने जनाइएको छ । सुख्खायामका कारण नदीहरुको बहाव कम भई विद्युत आपूर्ति […]

सुख्खा मौसम सुरु भएसँगै रसुवामा डढेलो सुरु

सुख्खा मौसम सुरु भएसँगै रसुवाका वनमा डढेलो लाग्न सुरु भएको छ। शनिबारदेखि जिल्लाको लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रलगायतका वनमा डढेलो लाग्न सुरु भएको हो।  वन क्षेत्रमा पर्ने गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर १...

प्रतिनिधिसभाको दोस्रो बैठक सुरु

काठमाडौँ– प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ। एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित भएपछि स्थगित भएको बैठक पुनः सुरु भएको छ। बैठक सुरु भएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले एमसीसीको व्याख्यात्मकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गरेका छन्।

ढिलो गरी प्रतिनिधिसभा बैठक सुरु, एमसीसीमाथि छलफल सुरु

काठमाडौँ– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ः०० बजेका लागि तय गरिएको बैठक झण्डै दुई घण्टा ढिलो सुरु भएको हो। सत्ता गठबन्धनमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने सहमति जुटपछि बैठक सुरु भएको हो। अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसी छलफलका लागि सदनमा पेश गरेका छन्। प्रस्ताव पेश भएसँग एमसीसीमाथिको छलफल सुरु भएको छ।