रामनवमीको अवसरमा हलेसीमा देशी-विदेशी तीर्थालुको भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीहरूको त्रिधार्मिकस्थलको रूपमा प्रख्यात हलेसीमा बुधबार तीर्थालुको भीड लागेको हो । हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेलका अनुसार नेपालबाहेक चीन, भारत, जापान, भुटान, श्रीलङ्का, अमेरिका, जर्मन लगायतका तीर्थालु हलेसी आएका छन् ।