राहदानी विभागमा सेवाग्राहीहरुको भीड

राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ ।  केही दिनयता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीहरुले राहदानी लिइरहेको देख्न सकिन्छ ।शुक्रवार राहदानी लिनका लागि बसेको लाइनले राहदानी लिन अझै पनि घन्टौं लाइन लागेर विभिन्न समस्या व्यहोर्नुपरेको यथार्थलाई पुष्टि गरेको छ । छिटो पालो पाउनका लागि बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका नागरिकहरू उल्लेख्य रहेका छन् ।

सम्बन्धित सामग्री

राहदानी विभागमा भीड [फोटोफिचर]

राहदानी विभाग त्रिपुरेश्वरमा भीड बढेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारले राहदानीका लागि लाइन बस्न नपर्ने गरी सहजता प्रदान गर्ने निर्णय गरेकै भोलिपल्टदेखि विभागमा भीड देखिएको छ ।

राहदानी विभागमा सधैँको सास्ती : पासपोर्टका लागि आधारातदेखि लाइन

काठमाडौं : बुधबार मध्याह्नमा त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा निकै भीड देखियो। अनलाइन भरेको फारम बुझाउने, राहदानी लिने, बायोमेट्रिक गर्नेको भीड थियो।  सोही भीडमा धादिङ घर भएका सुमन आचार्य भेटिए। छोराको राहदानी लिनका लागि उनी राति ३ बजे नै विभागको कार्यालय आएका हुन्। दिनको २ बज्दासम्म राहदानी हात नपरेको उनको गुनासो गरे। लामो लाइन बस्नुपर्ने डरले राति नै आएँ तर अहिलेसम्म पालो आएको छैन। उनले भने, ‘राहदानी विभागमा धेरैे भीड हुन्छ भन्ने सुनेको थिएँ। छिटो गर्नका लागि र