रुकुम पश्चिम – रुकुम पश्चिमकाे सल्लेमा रहेकाे जिल्ला अस्पतालभित्र सञ्चालित चमेना गृह (क्यान्टिन) मा कालोबजारी हुने गरेको बिरामीहरूले गुनासाे गरेका छन् । कोरोना महामारीका बेला स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको मौका छोपी क्यान्टिनमा गुणस्तरहीन र महँगो दरमा खाना र पानी दिने गरेको बिरामीहरूले बताएका छन् । कोरोना सङ्क्रमित एक बिरामीका आफन्तले बाहिरका होटेल, पसल बन्द भएको मौकामा अस्पतालभित्रको क्यान्टिनले कमाउ धन्दा चलाएको आरोप लगाउनुभयो । एक प्लेट चना र एउटा अण्डाको ९० रुपैयाँ तिर्नुपरेको बताउँदै उहाँले त्यह...