धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै वराह ताल

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ स्थित बिममा रहेको वराह ताल आकर्षक र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ । प्रसिद्ध धार्मिक स्थल मालिकाधुरी जाने पर्यटकलाई बाटोमै रोकेर केही समय तालमै रमाउन आकर्षित गर्न सक्ने यो ताल मिथक र रहस्यको एक अनुपम स्थान पनि हो ।       कोरोना महामारी फैलिनुअघि यहाँ रमाउन दैनिक चार÷पाँच सय पर्यटक आउने गरेकामा संक्रमण सुरु भएयता सुनसान देखिन थालेको छ । जैविक विविधताका कारण ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिने बिमका नवीन जुग्जालीले बताए । प्राचीनकालमा आमाछोरी वराह क्षेत्र घुम्न जाँदा वराह देवताले छोरीलाई लुकाएपछि आमाले वियोगमा तडपिँदै खोज्न थालिन् । धेरै दिनपछि छोरी खोज्दै उक्त ताल नजिक पुगेकी आमाले चिच्याएर बोलाउँदा तालभित्रबाट छोरीले बोलेको आवाज सुनिन् । छोरीलाई बाहिर आउन आग्रह गर्दा आप्mनो बच्चा भइसकेकाले बाहिर आउन अनुमति नभएको बताइन् । आमाले बच्चालाई भए पनि हेर्न चाहन्छु भनी जिद्दी गरेकीले त्यहाँ एउटा सर्प त्यहाँ आयो, यो देखेर आमा भागिन्, उता सर्प पनि मरेछ । साँझपख वराह घरमा आउँदा आप्mनो बच्चा मरेको देखेर सोधपुछ गर्दा उनकी पत्नी बनेकी ती छोरीले सबै वृत्तान्त बताइन् ।      यो घटनाले क्रोधित बनेका वराहले तीर चलाए, त्यो तीर पत्नीको आँखामा लागेर रगतको धारो बग्यो । रगतले केही समयसम्म तालको रङ रातो भएकामा त्यसपछि कहिले नीलो त कहिले खैरो हुने हुन थालेको बताइन्छ । तालमा रुखका सुकेका पात खसिरहे पनि त्यहाँ बस्ने एक जोडी चराले टिपेर प्mयाँक्ने गर्थे भन्ने किंवदन्ती छ ।       तालमा विसं १९२५ देखि पूजाआजा गर्ने परम्परा चलेको स्थानीय वृद्धवृद्धा बताउँछन् । एकचोटि घोडाले पानी पिउँदा केही वर्ष ताल नै सुकेको भन्ने अर्को किंवदन्ती पनि सुनिन्छ । तिर्खाएका एक हलगोरुले तालको पानी पिउन लाग्दा बेपत्ता भएको र कसैले फोहोर गरिदिए असिना, हुरी, खडेरी पर्ने स्थानीय सुनाउँछन् ।      उक्त तालमा मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिविम्ब देखिनुका साथै भने त्यहाँबाट गुर्जा हिमाल, सुन्दर ग्रामीण बस्ती, वनजंगल र पहाड अवलोकन गर्न सकिने वडाध्यक्ष रेशम जुग्जाली बताउँछन् । बाइन्दाफाँट गाउँको माथि रहेको गोलो आकारको ताललाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेलको धारणा छ ।      आधा रोपनी जमिनमा फैलिएको, तीन मिटर गहिरो र समुद्री सतहदेखि २ हजार ३०० मिटरको उचाइमा अवस्थित यो तालको माथिल्लोपट्टि वराह थान छ । सोही थानको नजिकैबाट खसेकोे पानी तालमा मिसिन्छ ।      तालमा रहेका जलवराहको पूजा तथा भाकल गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । गाउँपालिकाको केन्द्र दरबाङदेखि यहाँसम्म आइपुगेको सडकलाई विस्तार गरेर मालिकाधुरीसम्म जोड्न र यहाँको संरक्षण तथा प्रचार–प्रसारका लागि एकीकृत योजना बनाइएको वडाध्यक्ष जुग्जालीले जानकारी दिए । यहाँ सडक विस्तार भएकाले ताललाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना नै बनाइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रासस

सम्बन्धित सामग्री

थासाङको ताल र गुफा नयाँ गन्तव्य

म्याग्दी- उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै...

थासाङको ताल र गुफा नयाँ गन्तव्य

म्याग्दी- उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै...

थासाङको ताल र गुुफा नयाँ गन्तव्य

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्् । सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् ।

ताल र हिमाल हेर्न ‘पाँचपोखरी’

पाँचपोखरी पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो । पाँचपोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई...

ओझेलमा परेका डोल्पाका धार्मिक पर्यटकीय स्थल

नेपालकै सबै भन्दा गहिरो ताल फोक्सुण्डो ! वरीपरी पहाड, डाडाँले घेरिएको बीचमा रहेको अंग्रेजी अक्षर वाइ आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा रहेको छ ।तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर रहनुका साथै नेपालकै गहिरो मानिएको यो तालको गहिराइ ६५० मिटर छ । काञ्जिरोवा हिमालको काखमा सजिएर बसेको यो ताल […]

काठमाडौँकाे प्रदर्शनीमार्गमा दोलखाका चित्र

काठमाडौँ- दोलखा जिल्लाको विविधता झल्काउने खालका तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन्।   ...

काठमाडौँकाे प्रदर्शनीमार्गमा दोलखाका चित्र

काठमाडौँ- दोलखा जिल्लाको विविधता झल्काउने खालका तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौँको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन्।   ...

काठमाडौंमै बसेर हेरौँ दोलखा

दोलखा जिल्लाको विविधता झल्काउने खालका तस्बिरहरुको मेला ‘फोटो मेला–२०७९’ काठमाडौंको प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा सुरु भएको छ । प्रदर्शनीमा दोलखाको धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थल, जनजीवन, पुराना तथा नयाँ बस्ती, त्यहाँबाट देखिने हिमाल र ताल समेटिएका १०० तस्बिर राखिएका छन् । “प्रदर्शनीमा राखिएका फोटाहरुले दोलखाको समग्र पक्षहरु धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरुलाई समेटेको छ,” तस्बिर अवलोकन पछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रे

पर्यटक बोलाउँदै बराह ताल

बागलुङ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउ बराह ताल निकै मनमोहक देखिन्छ । अंग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पर्खाइमा छ । घना जंगलको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले भरिपूर्ण छ । ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचार–प्रसारका कारण त्यति चर्चामा आउन सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको सो ताललाई पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन थालेको छ । बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरुयोजना बनाएर संरक्षण र प्रवद्र्धन थालेको छ । धार्मिक महत्वसँग जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन । भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपुगेका कारण बराह ताल पर्यटकको आकर्षण क्षेत्र भए पनि ओझेल पर्दै आएको स्थानीयको गुनासो छ । ताल संरक्षणमा स्थानीयको अग्रसरता सामान्य पोखरीसमेत पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेका सन्दर्भमा महत्वपूर्ण क्षेत्रका रूपमा रहेको निकै फराकिलो बराह ताल प्रचार–प्रसार अभावमा ओझेल परेको हो । अहिले तालको संरक्षण, आवश्यक पूर्वाधार प्रवद्र्धनमा स्थानीयले समेत अग्रसरता देखाउन थालेका छन् । विस्तारै तालको संरक्षण र प्रचार–प्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला–२ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिए । ‘पौराणिक, ऐतिहासिक एवं पर्यटकीय स्थल बराहतालको संरक्षणसँगै प्रवद्र्धनमा जुटिरहेका छौं । अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ’, छन्त्यालले भने, ‘प्राकृतिक रूपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ ।  वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।’ फुस्रेको थान माथि र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किंवदन्ती छ । तालमा हिउँदको समय सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाइ छ । आँखा फुटेको बूढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माण गरिएको छ ।  गण्डकी प्रदेश सरकारको १० लाख बजेटमा ताललाई काँडेतारले बारिएको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरेको  पालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । रासस

राराको सौन्दर्य

रारा ताल कर्णाली प्रदेशकै सुन्दर ताल हो । यो सुन्दर मात्र होइन, नेपालको सबैभन्दा ठूलो ताल पनि हो । जैविक विविधताको हिसाबले पनि यो ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीय स्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा सूचीकृत छ यो क्षेत्र । उच्च हिमाली क्षेत्रमा पाइने जैविक विविधता, धार्मिक तथा सांस्कृतिक सम्पदा र नेपालको सबैभन्दा ठूलो रारा ताल र त्यसको जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले २०३४ साल साउन २४ गते राजपत्रमा सूचना प्रकाशन भई रारा राष्ट्रिय निकुञ्जको स्थापना भयो । यो नेपालको सबैभन्दा सानो र एक अग्रणी राष्ट्रिय निकुञ्ज पनि हो ।