पर्यटक बोलाउँदै बराह ताल

बागलुङ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा समथर भागमा रहेको ताल वरपर सेताम्मे हिउँ । सिद्ध बराह मन्दिर छेउ बराह ताल निकै मनमोहक देखिन्छ । अंग्रेजी यु आकारमा फैलिएको बराह ताल पर्यटकको पर्खाइमा छ । घना जंगलको बीचमा रहेको ताल प्राकृतिक सुन्दराताले भरिपूर्ण छ । ताल निकै मनमोहक र आकर्षक भए पनि प्रचार–प्रसारका कारण त्यति चर्चामा आउन सकेको छैन । बागलुङको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको सो ताललाई पछिल्लो समय गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउन थालेको छ । बागलुङको दुर्गममध्येको गाउँपालिका तमानखोलाको शिरमा रहेको उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाले गुरुयोजना बनाएर संरक्षण र प्रवद्र्धन थालेको छ । धार्मिक महत्वसँग जोडिएको बराह तालमा वैशाखे पूर्णिमाभन्दा अघिपछि खासै चहलपहल हुँदैन । भौगोलिक जटिलता, घना जंगल, सडकको सहज पहुँच नपुगेका कारण बराह ताल पर्यटकको आकर्षण क्षेत्र भए पनि ओझेल पर्दै आएको स्थानीयको गुनासो छ । ताल संरक्षणमा स्थानीयको अग्रसरता सामान्य पोखरीसमेत पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेका सन्दर्भमा महत्वपूर्ण क्षेत्रका रूपमा रहेको निकै फराकिलो बराह ताल प्रचार–प्रसार अभावमा ओझेल परेको हो । अहिले तालको संरक्षण, आवश्यक पूर्वाधार प्रवद्र्धनमा स्थानीयले समेत अग्रसरता देखाउन थालेका छन् । विस्तारै तालको संरक्षण र प्रचार–प्रसारमा गाउँपालिकाले देखाएको अग्रसरतामा स्थानीयले साथ दिन थालेको तमानखोला–२ का स्थानीय चूडामणि छन्त्यालले जानकारी दिए । ‘पौराणिक, ऐतिहासिक एवं पर्यटकीय स्थल बराहतालको संरक्षणसँगै प्रवद्र्धनमा जुटिरहेका छौं । अहिले तालको वरपर काँडेतार लगाउने, बराह मन्दिर निर्माण गर्ने, खानेपानी र शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ’, छन्त्यालले भने, ‘प्राकृतिक रूपमा अत्यन्तै मनमोहक रहेको बराह ताललाई गाउँपालिकाले समेत संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको छ ।  वैशाख पूर्णिमाका दिन यहाँ विशेष पूजा हुने गर्दछ ।’ फुस्रेको थान माथि र बराह थान भएको स्थानमा खानेपानीका विषयमा स्थानीयले झगडा गर्दा बराहले फुस्रेको थान भन्नेबाट झगडा गर्न बराह आएकालाई यही तालमा नष्ट गरिएको किंवदन्ती छ । तालमा हिउँदको समय सेता हाँस पौडिरहेको अवस्थामा भेटिने गरेको स्थानीयको भनाइ छ । आँखा फुटेको बूढी बराहले यही तालमा बसेका कारण यहाँ बराह मन्दिर निर्माण गरिएको छ ।  गण्डकी प्रदेश सरकारको १० लाख बजेटमा ताललाई काँडेतारले बारिएको छ भने गाउँपालिकाले बराह मन्दिरको पुनःनिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरेको  पालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए । रासस

सम्बन्धित सामग्री

पर्यटकीय गन्तव्य बन्दै ‘भकुण्डे बराहताल’

बागलुङ  : वरपर जंगल र बस्ती। बीचमा छ बराह ताल। शान्त वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ।बागलुङ नगरपालिका–१० भकुण्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरीपूर्ण छ। एक हजार तीन सय २६ मिटरको उचाईमा रहेको बराह ताल जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सबैभन्दा नजिकको ताल हो।ताल बजारनजिक हुँदै आन्तरिक पर्यटको रोजाईमा परेको छ। दिनप्रति दिन यहाँ घुम्न पुग्नेको संख्या बढिरहेको छ।गाडी र पैदल सहजै पुग्न सकिने हुँदा बराह तालप्रति आन्तरिक पर्यटक आकर्षित हु

पालिकाको सक्रियतासँगै बढे बराह तालमा पर्यटक

प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला गाउँपालिका-२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ । केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा […]

पालिकाको सक्रियतासँगै बराह तालमा बढे पर्यटक

ढोरपाटन– प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला गाउँपालिका-२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ । केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल […]

बागलुङको ‘खिउ बराह ताल’ : सडक पुगेन, पुगेनन् पर्यटक

ढोरपाटन- बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।          करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो ।    &nb...

बागलुङको ‘खिउ बराह ताल’ : सडक पुगेन, पुगेनन् पर्यटक

ढोरपाटन- बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।          करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो ।    &nb...

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

बागलुङ । बागलुङको ताराखोला गाउँपालिका-३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो । पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न […]

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

बाग्लुङ – विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बाग्लुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ ।  पर्यटकलाई भकुण्डे हुँदै बौडैचौरबाट बौरसम्मको तीन दिन पैदलयात्रा लैजानका लागि समेत अध्ययन भइसकेको उहाँले बताउनुभयो । ‘भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अर्ग्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रूचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोन...

पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ

विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पाहुना लिएर भकुण्डे गाउँ पुगे । उनले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसकेका छन् । पर्यटकलाई भकुण्डे हुँदै बौडैचारबाट बौरसम्मको तीन दिन पैदल यात्राका लागि समेत अध्ययन भइसकेको बताए । “भकुण्डेमा चिसो हावापानी, बजारबाट नजिक, बराह ताल, दृश्यावलोकन स्तम्भ, आतिथ्यता र अर्ग्यानिक खानाका कारण विदेशी पर्यटक यहाँ आउन रुचाएपछि मैले दुई चरणसम्म पर्यटक ल्याएँ, कोरोनापछि केही पर्यटक