फेसबुकमा कति खाने गाली, ठोकौँ ताली

फेसबुकमा आफ्नो फेस देखाउने र अर्काको केस कोट्याउने कला त सबैसित छ, तर यो कलामा अरूभन्दा आफैँ बेस देखिने र ठान्नेहरूको बिगबिगी छ । लेख्न हुने/नहुने सबैथोक लेख्न सक्ने भएकाले तपाईँ, म र हामीजस्ता सबै विद्वान् र बुद्धिजीवी ! अरूको विचार, बोली र व्यवहारको निगरानी गर्ने भएकाले हामी आफैँ प्रहरी ! आफ्नो आङमा भैँसी उफ्रेको नदेखेर अर्काको टाउकोमा जुम्रो दौडिएको देख्ने नामुद अनुसन्धानकर्ता ! अर्काको विचार र टिप्पणी हेर्नेबित्तिकै फैसला गर्नसक्ने खुबी भएका न्यायाधीश ! हामीसँग यति धेरै खुबी छ, तर खुबीअनुसार एकै पटक यति धेरै काम...

सम्बन्धित सामग्री

किन होला ?

आज हरेक नेपालीलाई राजनीतिमा धेरै लगाव छ । तर देशसँग राष्ट्रिय नेताको नितान्त अभाव छ । यहाँ गरीबी हटाउने भनेर सबैले राजनीति गरिरहेका छन् । तर गरीबका नाममा केवल आआफ्नै पेट पो भरिरहेका छन् । त्यो राजनीतिबाट न कुनै गरीब सुखी र खुशी देखिन्छन् । न त धनी, न त उद्योगी व्यवसायी, न त सरकारी हाकिम वा कर्मचारी । सांसद मन्त्री बन्यो भने हरेक दिन मन्त्रालय जान हतारिन्छ । सांसद मात्रै रहुन्जेल भने हाटा गरेर भत्ता मात्र पक्का गर्छ ।   किन होला ? जता हेर्‍यो, त्यतै घोटालै घोटाला छ, हजारौं लाखौंको होइन, करोडौं, अर्बौंको हवाला छ । त्यत्रो धन नेताहरूले के गर्छन् होला, सोचेरै हैरान छु । आफू भने कसरी बाँच्ने, सर्वसाधारण कसरी बाँच्लान् भन्नेमै परेशान छु । पहुँचवालालाई त सरकारले करोडौं रुपैयाँ सित्तैमा दिन्छ पटक पटक । सत्ता र भत्ताकै लागि गठबन्धन बनाउने र तोड्ने चलिरहन्छ चटकै चटक । निमुखालाई चैं भित्तैमा पुर्‍याउने पटक पटक ? किन होला ? हिजोसम्म कुकुरहरूसँग जो लड्थे अगाडि हुन्थ्यो हड्डी, आज तिनै कुर्सीका लागि आपसमा लड्दै छन् कबड्डी । हिजो जो दुई छाक खान र एकसरो लाउनकै लागि थिए लाचार, आज एकअर्कोको पेटमाथि पो भएछन् सवार । समयले सबैको गर्ला नै हिसाब किताब । तर त्यो त पछिको कुरा न हो । निमुखाले भोगिसकेको त्रासदीको चाहिँ कसले र कहिले गर्ला हिसाब ? कुरा चैं जहिले पनि एउटा सुनौलो भविष्यकै हुन्छ । र सरकारचैं जहिले पनि भोका नांगाकै बन्छ । तर भोका नांगाहरू रोई नै रहने अवस्था हुन्छ । किन होला ? हुन पनि हो । जिन्दगीभरि भोको कोही जब चुनाव जितेर आउँछ, उसले आफ्नै पेट भर्ने उपायबाहेक अरू के गर्छ ? त्यसैले त नाँगा, लफंगा, लुटेराहरू मन्त्री बन्छन् । अनि नांगोले जीउभरि कपडा लाउँछ र अपराधीले आफ्नो रेकर्ड सुधार्छ । अरूको भने केही हुन्छ कि भन्ने आशैआशमा दशकौं यसै खेर गए । तर बलात्कारीहरू एक एक गर्दै जेलबाट त्यसै छुट्ने धेरै भए । किन होला ? सभा, गोष्ठीका नाममा जलपान, झोलपान गर्ने उनीहरू । गरीब, दलितका कोटाका लाभ झोलामा भर्ने उनीहरू । यहाँसम्म कि जेलमै बस्नुपरे पनि त्यहीँ फाइभ स्टार होटलको सुविधा लिने पनि उनीहरू । हामीले मन्त्र पढेर ल्याएको यो कस्तो तन्त्र हो ? जनता सधैं दुविधामा नेताहरू सुविधै सुविधामा । किन होला ? सर्वसाधारणका लागि अब त दुई छाक खाने सुविधाको पनि अभाव छ भारी । यो लाचारीमा पनि नेताकै छ लावालस्करसहित विशेष सवारी । यस्तोमा यो सुशासन र विकासको नारा किन खोक्ने ? विकास गर्छु भनेर फुँइ लाउनेले फेरि संसद्मा जाँदा घाटाको बजेट ब्रिफकेसमा बोक्ने । किन होला ? अहिलेसम्म सरकारी अर्थशास्त्र र विकासको मोडल यस्तोे देखिन्छ– जग्गाजमीन बेचेर गाडी, मोटरसाइकल किन्ने । रेमिट्यान्स ल्याएर टीभी, फ्रिज र स्मार्टफोन किन्ने  । गाउँको पुर्खाको सम्पत्ति बेचेर शहरमा डेरामा बस्ने वा गाउँको जग्गा बेचेर विदेश गई कमाएर फेरि शहरमा जग्गा किन्ने । दुईचार पैसा कमाउने चाहिँ स्वीट्जरल्याण्ड वा थाइल्यान्डतिरै घुम्न हिँड््ने । यस्तो किन होला ? नाटक र चलचित्रमा पहिल्यै लेखिएको हुन्छ स्क्रिप्ट सोहीअनुसार नै अभिनय गरिन्छ भन्ने हामी सबैलाई छ स्पष्ट । तर पनि हलमा गएर ताली ठोक्न छाड्दैनौं । त्यस्तै, राजनीतिक नाटकमा टपर्टुइयाँ नेताका बकवास गालीमा ताली पिट्न छाडेका छैनौं । यस्तै तालीले त तिनलाई जाली बनाको होला । तैपनि यस्तैले अझै यो देश बनाउँछन् भनेर विश्वास छाडेका छैनौं । हैन, नेपालीलाई यस्तो के भाको र किन होला ? देशमा जो भेट्यो, उही देश बिग्य्रो, बर्बाद भयो भनेर छक्कै यो बर्बाद पार्ने चाहिँ को होला ? अर्कै ग्रहको नेपाली कि हामी आफै ? ढुंगा, माटो र पानीले बनेको देश त कसरी बिग्रन्थो होला र ? बिग्रेको त हामी जनता नै हौं, अरू को होला ? हामी घरको फोहोर जथाभावी फ्याँक्ने अनि सरकारले सफा गरेन भन्दै सराप्ने । आफू वरको सिन्को पर नसार्ने अनि अर्काले गरेन भन्ने । आफू एक इन्च जमीन नछाड्ने अनि बाटो फराकिलो चाहिने । आफू चाहिँ आफ्नै स्वार्थमा अल्झिने अरूलाई भने भगवान् जस्तो भइदेओस् भन्ने । सबैभन्दा पहिले त हाम्रो नियत र चरित्र पनि त सफा हुन छ आवश्यक । नियत सफा भएपछि शहर त आफै सफा भैहाल्छ । यति सामान्य कुरा पनि बुझ्न नखोज्ने हाम्रो रबैया छ । किन होला ? हाम्रो देशमा जुनसुकै दलको भए पनि जो सुकै सरकारमा गए पनि सरकारहरू एउटा कुरामा भने अत्यन्त सफल छन् । हरेक पटक सिन्को नभाँची आफ्नो कार्यकाल सिध्याइदिन्छन् । सधैं यस्तो किन होला ? किनकि सच्चा नियत तिम्रो न थियो, न छ, न हुनेछ काममा इमान तिम्रो न थियो, न छ, न हुनेछ तिम्रो धन्दा नै हो कि तिमी जनताको पाकेट मारिरहन्छौ तर पनि माफी माग्ने बानी तिम्रो न थियोे, न छ, न हुनेछ ।

मौलिकतामा चुनौती

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनदेखि पञ्चमीसम्म तीज पर्व मनाउने गरिन्छ। तीन हिन्दु नारीको विशेष पर्व हो। यो पर्वलाई परापूर्वकालदेखि नै चेली र माइतीघरबीचको अन्योन्याश्रित सम्बन्धका रूपमा नै मान्यता दिइँदै आइएको छ। धर्मग्रन्थअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका निम्ति तपस्या गरिन्। व्रतका रूपमा बसेको तपस्या सफल भएकाले महादेव स्वामी पाई पार्वती खुसी भएको धार्मिक विश्वास रहिआएको छ। पार्वतीले महादेव स्वामी पाएका दिन श्रीहरि विष्णुले ताली बजाएर खुसी व्यक्त गरेका हुनाले उक्त दिनदेखि नै त्यस दिनलाई ठूलो खुसियालीको पर्वका रूपमा मानिएको हो। नेपाल धर्म र संस्कृतिले धनी देश हो। आफ्नो धर्म, संस्कृति, संस्कार जोगाउन हाम्रा पुर्खाले बनाएका चाडपर्व मनाएर रमाइलो गर्ने गर्दछौँ। आजसम्म पनि हाम्रा धार्मिक चाडपर्व, रीतिरिवाज, परम्परागत मान्यता हाम्रो मानसपटलमा ताजा नै रहिआएका छन्। तीज पर्वको व्रत बस्नुभन्दा अघिल्लो दिन ‘दर खाने’ दिन भनेर उक्त दिनलाई विशेष दिनका रूपमा मानिँदै आइएको छ। परापूर्वकालदेखि दरखाने दिनलाई अति नै महत्वको दिन मानिन्छ।

वन मन्त्रीले भने- वन मारा मन्त्री आयो भनेर गाली गर्छन्

वन तथा वातावरणमन्त्री प्रदीप यादवले  वन तथा वातावरण मन्त्रालय ताली खानेभन्दा पनि गाली खाने मन्त्रालय भएको बताएका छन् ।

वन मन्त्रालयमा नमुनाको काम गरेर देखाउँछु : मन्त्री  यादव

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले आज आयोजना गरेको वातावरण संरक्षण दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उनले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताए ।उनले भने, “म र मेरो मन्त्रालय विकासको बाधक होइन, म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु ।” मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएको उल्लेख गर्दै भने, “र

शंका

तैपनि ताली खाने र ताली बजाउने दुवै थरी भोलि कुन कित्तामा ताली बज्ने हुन् र बजाउनुपर्ने हो भनेर आशङ्कित देखिन्थे।...

राष्ट्रिय एकता दिवस: विवाद, बुझाइ र मनाउने शैली

किराँतहरूसँग क्षत्रीहरू सँगै नाच्ने, बाहुनहरू दलितहरूसँग बसेर जाडोमा पिँडालु र सखरखण्ड खाने, तामाङको पोशाक थारूले लगाउने, मधेसीसँग हिमाली साथीले मित लगाउने, मगरको गीत गुरुङले गाउँदा थकालीले ताली पिट्ने, पश्चिमेलीले पूर्वीय भाका गुनगुनाउँदा पूर्वेलीले देउडा गाउने दिन पनि हुन सक्छ

अलराउन्डर डाक्टर : ताली खाने रहरले बनायो कवि

काठमाडौं : त्रिभुवन विश्विद्यालयको केन्द्रीय पुस्तकालयमा ढ्याप्रे चस्मा लगाएर कवि डा. निरज भट्टराई स्पेनिस कवि फेडेरिको गार्सिया लोर्काको कविता पढ्दै थिए। छेउमै थियो, गुलजारको 'नेग्लेटेड पोइम्स'। उनी वर्षौअघि पनि पुस्तकालयमा यसैगरी हराउँथे। यो सिलसिला अहिले पनि जारी छ। कयौँ दिनको प्...

अर्थमन्त्रीले नेतृत्वलाई भनेका थिए- २ वर्ष गाली, त्यसपछि ताली खाने बजेट ल्याउँछु

१६ जेठ,काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाको बजेट भाषण सुनिसकेपछि सत्तारुढ कम्युनिस्ट पार्टीका सांसदहरु क्यान्टिनमा बसेर निराशा व्यक्त गरिरहेका बेला दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड भने ऐतिहासिक बजेट भन्दै थिए । बजेटमा लोकप्रिय कुरा नपरेपछि सांसदमात्र होइन कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पनि फेसबुकबाट निराशा व्यक्त गरे । यो भन्दा राम्रो बजेट …

आठसय भन्दा बढी नाटकमा अभिनय गरेका रामभजनले अब राष्ट्रिय नाचघरमा जागिरे खाने

विराटनगर : १८ वर्षे युवाकाे पहिलो पटक अभियन गर्न स्टेज चढ्दा थरर्र खुट्टा काम्यो। पत्रकारसँग अन्तरवार्ता दिने मन्त्रीको रोलमा कलाकारले अभिनय गर्नुपर्ने थियो। डर र त्रासलाई अभिनयकर्ताले मन्त्री नै पत्रकारसामु खुट्टा कमाएको रोल देखाए, दर्शकले ताली बजाए अभिनय उत्कृष्ट भयो।  कथा विराटनगरका स्थानीय कलाकार रामभजन...