राष्ट्रिय एकता दिवस: विवाद, बुझाइ र मनाउने शैली

किराँतहरूसँग क्षत्रीहरू सँगै नाच्ने, बाहुनहरू दलितहरूसँग बसेर जाडोमा पिँडालु र सखरखण्ड खाने, तामाङको पोशाक थारूले लगाउने, मधेसीसँग हिमाली साथीले मित लगाउने, मगरको गीत गुरुङले गाउँदा थकालीले ताली पिट्ने, पश्चिमेलीले पूर्वीय भाका गुनगुनाउँदा पूर्वेलीले देउडा गाउने दिन पनि हुन सक्छ

सम्बन्धित सामग्री

राप्रपा नेपालले फरक ढंगबाट पृथ्वी जयन्ती मनाउने

काठमाडौं । राप्रपा नेपालले केही फरक ढंगबाट पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने भएको छ । २०६३ सालमा तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले राष्ट्रिय एकता दिवस मनाउन छाडेपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले प्रत्येक वर्ष

राप्रपाले पृथ्वीजयन्तीमा जलपान समारोह गर्ने

काठमाडौं– राप्रपाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोह गर्ने भएको छ । ३०१औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा राप्रपाले जलपान समारोह गर्न लागेको हो ।  २०६२-०६३ को जनआन्दोलनअघि हरेक वर्ष २७ पुसमा सरकारले राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरेको थियो । तर, जनआन्दोलनयता भने सरकारले मनाउन छाडे पनि निजीस्तरमा […]

राप्रपाले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरेबमोजिम आज पार्टी केन्द्रीय कार्यालयमा पृथ्वी जयन्ती तयारी समितिको बैठक बसेको छ । केन्द्रीय सचिवालयद्वारा आयोजित बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो । बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम […]

पृथ्वीनारायण शाहलाई समग्रमा स्विकारौं

विसं २०६२-०६३ को परिवर्तनअघिसम्म नेपालको भौगोलिक एकीकरणका सफल अभियन्ता मानिएका पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राज्यस्तरमै मनाउने गरिन्थ्यो । वि.सं. २०६२-०६३ को परिवर्तनपछि केही वर्षबाहेक पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राज्यस्तरमा मनाउने क्रम रोकिएको छ ।‘विश्वका सर्वहाराहरू एक हौं’ भन्ने र ‘हामी सर्वहारा (कम्युनिस्ट) हरू अन्तर्राष्ट्रिय जाति हौं’ भन्नेहरू नै संयोगले […]

आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाण्डाै - आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइँदैछ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो । शाहले नेपाल एकीकरणको सुरुवात गरेको इतिहासमा उल्लेख छ । लोकतन्त्रपछि सरकारले औपचारिक रुपमा पृथ्वीजयन्ती मनाउन छाडे पनि अनौपचारिक रुपमा विभिन्न कार्यक्रम हुँदै आएका छन् । कार्यक्रममा शाहले आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेश मार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेकोल...

पृथ्वी जयन्तीमा पदयात्रादेखि चित्रकलासम्म आयोजना हुने

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ । जस अन्तर्गत चित्रकला प्रतियोगितादेखि पदयात्रासम्मका कार्यक्रम तय गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय जङ्गीअड्डास्थित नेपाली सेनाका संस्थापक प्रथम सेनापतिको शालिकमा माल्यार्पण, सलामी र सम्मान अर्पण …

पुस २७ लाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गर्न माग

काठमाडौँ – पृथ्वीजयन्तीलाई औपचारिक रुपमा राष्ट्रिय एकता दिवस घोषणा गरी मनाउनु पर्ने माग पूर्वसुरक्षाकर्मी परिषद् नेपालले गरेको छ । आफूहरुले नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहले गरेको एकीकरणको भूमिका महत्वपूर्ण रहेको र त्यसलाई भुल्न नहुने भन्दै प्रधानमन्त्रीलाई पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने व्यवस्था गर्न ध्यानाकर्षण गराएको भए पनि अझैसम्म केही नभएको परिषद्ले जनाएको […]

पुस २७ मा राष्ट्रिय एकता दिवस मनाउन देउवासँग लिङदेनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने पुनः निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  यसअघि २०७४ सालमा राप्रपा समेतको सहभागिता रहेको देउवा सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय गरेको उनले स्मरण गरे ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै लिङदेनले पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गर्न माग गरेका हुन् ।  ‘यसअघि राप्रपा समेत सहभागी सरकारले पृथ्वी जयन्तीलाई...

गोरखाले पृथ्वीजयन्ती तीन दिन मनाउने, पुस २७ मा विदा

गोरखा । गोरखा नगरपालिकाले २९९औँ राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । कार्यक्रम सम्पन्न गर्न नगरपालिकाले नगर प्रमुख राजनराज पन्तको संयोजकत्वमा २९९ सदस्सीय समिति गठन गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।  नेपाल एकीकरणका अभियानकर्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उहाँको सम्मान र सम्झनामा नगरपालिकाको अगुवाइमा सरसफाइ, खेलकूद, दीप प्रज्वलनलगायत कार्यक्रम गर्न लागिएको उहाँको भनाइ छ । कार्यक्रमअन्तर्गत पु