अलराउन्डर डाक्टर : ताली खाने रहरले बनायो कवि

काठमाडौं : त्रिभुवन विश्विद्यालयको केन्द्रीय पुस्तकालयमा ढ्याप्रे चस्मा लगाएर कवि डा. निरज भट्टराई स्पेनिस कवि फेडेरिको गार्सिया लोर्काको कविता पढ्दै थिए। छेउमै थियो, गुलजारको 'नेग्लेटेड पोइम्स'। उनी वर्षौअघि पनि पुस्तकालयमा यसैगरी हराउँथे। यो सिलसिला अहिले पनि जारी छ। कयौँ दिनको प्...

सम्बन्धित सामग्री

दक्ष जनशक्तिको निर्यात कि प्रतिभा पलायन ?

अदक्ष कामदारको सट्टा दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन सकिए लाभ बढी हुने भन्दै सरकारले दक्ष जनशक्ति निर्यातलाई प्राथमिकता दिएको छ । पछिल्लो समय अदक्षको दाँजोमा चार पाँच गुणा बढी दक्ष कामदार वैदेशिक रोजगारीमा गएको पाइएको छ । यसरी दक्ष जनशक्ति बाहिरिँदा साँचिकै दक्ष जनशक्ति पठाउन सकिएको हो वा प्रतिभा पलायन भएको हो, छुट्ट्याउन कठिन भएको छ ।  रोजगारीकै लागि मात्रै विदेशिएका हुन् भने तिनले पठाउने विप्रेषण रकम निकै बढ्ने देखिन्न्छ । त्यसले देशलाई फाइदा हुन्छ । यस्तो जनशक्ति नेपाल फर्किएर आउँछ र उसले विदेशमा सिकेको शीप र रकम लगानी गरेर यहीँ कुनै व्यवसाय गर्छ । तर, प्रतिभा पलायन हो भने त्यसले मुलुकमा गम्भीर असर ल्याउने निश्चित छ ।  खाडी मुलुक, मलेशिया र कतारमा केन्द्रित वैदेशिक रोजगार अहिले यूरोपतिर मोडिन थालेको छ । खाडी मुलुकमै पनि अदक्ष कामदारको सट्टा उच्च दक्षतायुक्त जनशक्ति काम गर्न जान थालेको छ । नेपालमा भन्दा पाँच छ गुणा बढी कमाइ हुने भएकाले यहाँ शीप र दक्षता प्राप्त गरेको जनशक्ति विदेशिन थालेको हो । यसरी विदेशिनुमा कामदारको रोजाइ र इच्छाले मात्र काम गरेको छैन ।  नेपालका बैंकहरू मर्जरमा गएपछि बैंकमा कार्यरत धेरै दक्ष जनशक्तिको जागिर धरापमा पर्‍यो । यसरी जागीर गुमाएकाहरू विदेशिएका छन् । त्यस्तै कोरोनाका कारण होटेलहरू चल्न सकेनन् र तिनलाई रोजगारदाताले उचित पारिश्रमिक दिन सकेनन् । यस्तो जनशक्ति पनि वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै नेपालमा उत्पादित डाक्टर र इन्जिनीयरहरू पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । खाडी मुलुकमा तिनले पाउने तलब यहाँको भन्दा निकै गुणा बढी भएकाले उनीहरू त्यता लागेका छन् । यसले के देखाउँछ भने दक्ष जनशक्ति उत्पादन गर्दा मुलुक चाँडै समृद्ध हुन सक्छ ।  हो, विगतमा विदेशी बासी स्याउभन्दा स्वदेशी नास्पाती मीठो भन्ने नारा आकर्षक लाग्थ्यो । भोकै मर्नु परे पनि स्वदेश नै जाती भन्ने भनाइमा मानिस ताली पड्काउँथे । तर, अहिले यस्तो कोरा नारा कसैलाई पनि पाच्य छैन । त्यसैले अवसरको खोजीमा विश्वभर छरिनु अनौठो होइन । उदारीकरण र विश्वव्यापीकरणले खुलेको यही ढोकाका कारण अहिले नेपाली नपुगेको र काम नगरेको मुलुक पाउन कठिन छ । यसलाई पूरै नकारात्मक भन्न सकिँदैन । यसको अर्को पाटो निकै अँध्यारो पनि छ । दक्ष युवा सबै विदेशिएपछि मुलुकभित्र अदक्ष मानिसहरूको मात्रै बसोवास हुने, सार्वजनिक प्रशासनदेखि अस्पतालसम्म यस्तो कमजोर जनशक्तिबाट परिचालित हुने अवस्था आउन सक्छ । त्यसैले दक्ष जनशक्ति यसरी बाहिरिनु चिन्ताको विषय हो । यद्यपि अहिले युवाहरू विदेश जानुलाई आकाशै खसेको जस्तो गरी चित्रण गर्ने गरिन्छ जुन सही हैन ।  नेपालले ठूलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गरेको तथ्य यहाँनेर स्मरणीय छ । एउटा दक्ष चिकित्सक उत्पादन गर्न राज्यको लगानी निकै परेको हुन्छ । अझ कतिपय त सरकारी छात्रवृत्तिमा डाक्टर बनेका हुन्छन् । तिनलाई निश्चित अवधि सरकारी अस्पतालमा सेवा गर्न अनिवार्य गरिएको पनि हुन्छ । यस्ता डाक्टरसमेत अनेक बहाना बनाएर विदेशिएका छन् । सरकारी छात्रवृत्तिमा पढेका डाक्टरसमेत विदेशिए भने नेपालमा डाक्टरको अभाव हुन सक्छ । यस्तो प्रतिभा पलायन हुँदा देशले आफूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पाउँदैन । विदेशिनेमध्ये अधिकांशको सोचाइ उतै स्थायी बसोवास गर्ने ध्येय हुन्छ । धेरै देशले सहजै स्थायी बसोवासको अनुमति दिने हुँदा ती नेपाल फर्किएर आउने सम्भावना न्यून हुन्छ । यसरी मुलुक झन् झन् समस्यामा पर्दै जान्छ । देशको विकासले गति लिँदैन, सरकारले जनतालाई दिने सेवा प्रवाह पनि गुणस्तरको हुँदैन ।  वैदेशिक रोजगारीमा सकारात्मक र नकारात्मक दुवै पाटा छन् । अहिले नेपालले निर्यात गरेका केही प्रमुख वस्तु विदेशमा बस्ने नेपालीकै कारण निर्यात भएको हो । विश्वमा नेपाली खाना र संस्कृतिको प्रचार पनि यही कारण बढेको छ । यही कारण पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव परेको पाइन्छ ।  त्यसैले नेपालले कस्तो जनशक्ति टिकाउने हो र कस्तो जनशक्ति विदेश पठाउने हो स्पष्ट नीति बनाउन आवश्यक छ । प्रतिभा पलायन ठूलो चुनौती रहेको भनाइ प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको पाइन्छ । यदि यसलाई रोक्ने हो भने त्यसअनुसार सुविधा दिन सक्नुपर्छ ।  अर्को, वृत्तिविकास र अनुसन्धानजस्ता कार्यका लागि नेपालमा अवसर प्रशस्त हुने हो भने पनि दक्ष जनशक्ति नेपालमै अडिन सक्छ । मुख्य कुरा जनतामा आशाको सञ्चार गराउन आवश्यक छ । अहिलेको राजनीतिले युवामा आशा होइन, निराशा र वितृष्णा मात्रै जगाएको छ । सरकारप्रति आक्रोश र अविश्वास बढ्दो छ । यसलाई नरोक्ने हो भने भोलिका दिनमा मुलुक पूरै वृद्धाश्रम नबन्ला भन्न सकिँदैन ।

हामी यस्तै त हो नि ब्रो !

अहिले यूरोकप र कोपा फूटबलको राप छ । तर हाम्रोमा त बारै महीना राजनीतिकोे ताप छ । देश महामारी, बाढी र पहिरोको प्रतापमा छ । व्यवसाय धरापमा छ । यै धरापमा मालामाल हुनेहरूको च्याखे थाप छ । सडकमा एम्बुलेन्स र शववाहनलाई हतार छ । अनि जनता भने सधैं हताश छ । भेडाहरूको भीडका नाइके नेता बने, कुर्सी पाए । अनि तिनको आधा कार्यकाल खादा, माला र अबिरमै सकिने भो । बाँकी आधा चाहिँ उद्घाटन र शिलान्यास गर्दैमा ठिक्क । तिनै नेताका हुक्के, ढोके, बैठकेहरूको सत्तामा भाउ लागेकोे छ । सामान्य पियन बन्न सक्ने हैसियत नभएका पार्टी कार्यकतालाई राजदूत, मन्त्री हुने दाउ जागेको छ । कमान खुस्केको घडी र लगाम खुस्केको घोडाजस्तो बनेको छ हाम्रो राजनीति । नेता हाबी हुँदै जाँदा नीति फन्टुस बन्दै गएको छ । जेमा पनि राजनीति माऊ छ । यसैले त सरकारको नीति कार्यक्रमभन्दा कुनै रियालिटी शोको बढी भाऊ छ । वडामा सदस्यसमेत बन्न नसकेका पात्र सिंहदरबारको चूलोचौकोमा पुग्न थाले । त्यसैले सिंहदरबार भिजनभन्दा भोजनको अड्डा बनेको छ । दलको बैठक होस् या चुनाव सरकारी कार्यालमा, सरकारी खर्चमै हुन थालेको छ । शहीदका सपना पूरा गर्ने कसम खाएकाहरू आफ्ना सपना चैं पूरा गर्दै छन् । झूटको भर्‍याङ चढेर भोट बटुलेका हिजोअस्तिका टपर्टुइयाँ फुटपाथेहरू आज सत्ताको कमान समाल्नेमा पुगेका छन् । अनि लोकतन्त्रको आशालाग्दो एउटा कालखण्डलाई कालो रात्रिमा बदल्न लागेका छन् । अझ यसैलाई लोकतान्त्रिक अभ्यासको उदाहरण भन्दै अरिङ्गालहरू दिनदिनै देउशिरै गाउँदै छन् । देशमा व्यापार घाटाको खाडल बढे पनि राजनीतिक व्यापार भने फस्टाएकै छ । जनताले सहज उपचार नपाएर के भो ? नेतालाई विदेशी अस्पतालमा भर्ती गर्न एयर एम्बुलेन्स आएकै छ । कछाड वा धोती मात्र लाउन सक्नेको छोरो डाक्टर बनाउने लोकतन्त्र नआएर के भो ? ठूलाठालुका छोराछोरीले त छात्रवृत्ति पाएकै छन् । कतिपय नेतालाई सत्ता र शक्तिको यति मात लागेको छ कि यिनीहरू इतिहास र संविधानलाई त बंग्याउँछन् नै, प्रकृतिकै नियमसमेत फेर्ने दाबी गरी हिँड्छन् । यिनले रामलाई नयाँ जन्म दिन सक्छन्, सगरमाथाको उचाइ तुरुन्तै घटबट गर्न सक्छन् । जीउँदा रामहरू भोकभाकै अनि गुमनाम छन् । तर अर्बौं खर्चेर मिथक रामको खोजी शुरू गर्छन् । सँगसँँगै विश्वबाट काम नलाग्ने भनी मिल्काइएका माओ, लेनिन, स्टालिनका फोटा भित्तामा झुन्ड्याउन भने भुल्दैनन् । घरमा दुई छाकको जोहो गर्न नसक्नेहरू तीन करोड जनताको भविष्य निर्धारक बनेका छन् । जनता पनि तिनैको कुरा पत्याएर बसेका छन् । मुलुकको केन्द्रीय राजनीति गर्लफ्रेण्ड, ब्वाइफ्रेण्ड, लोग्नेस्वास्नी, दाजुभाइ, छिमेकी, चन्दादाताको भलोमा केन्द्रित भएका छन् । कमान खुस्केको घडी र लगाम खुस्केको घोडाजस्तो बनेको छ हाम्रो राजनीति । नेता हाबी हुँदै जाँदा नीति फन्टुस बन्दै गएको छ । जेमा पनि राजनीति माऊ छ । यसैले त सरकारको नीति कार्यक्रमभन्दा कुनै रियालिटी शोको बढी भाऊ छ । स्थायी सरकार अर्थात् सरकारी संयन्त्रको गति र मति पनि गजबको छ । न सेवा छ, न दायित्व । जनता बिरामी हुँदा दिने भनेको सहयोग उसको बरखी हुँदासम्म हात लाग्दैन । डढेलोले वन र बस्ती खरानी बनाएपछि बल्ल दमकल खरीदका लागि टिप्पणी उठ्छ । एउटा सवारी लाइसेन्स समयमा पाउँदा पनि ठूलै युद्ध जितेसरह हुन्छ । नेताका कोरा भाषण बिकिरहेछ, तर स्वदेशी किसानको उत्पादन बिक्दैन । हामी जनता पनि उस्तै छौं । ‘चोरलाई चौतारो साधुलाई सुली’ भनेजस्तै हामी भोट भिलियनहरूलार्ई खन्याउँछौं । ती मिलियन कमाउँछन्, पछि हामी आँसु बगाउँछौं । ‘चरी’ र चोरहरूलाई चेप्छौं, पसिना बगाउनेहरूलाई भने हेप्छौं । हामी डोजरले पहाड फोडेर वा खोलामा लगेर घर बनाउँछाैं, बाढी वा पहिरोले लगेपछि सरकारलाई सराप्छौं । ब्राजिल र अर्जेन्टिना लगायत धेरै देश फुटबल खेल्छन् । हामी गफ खेल्छौं । सियोदेखि दाँत कोट्याउने सिन्कोसमेत आयात गर्छौं, अनि समृद्ध नेपालको सपना देख्छौं । आफ्नै देशका कर्मवीरहरूका नाम थाहा पाउँदैनौं, तर मरिसकेका विदेशी नेतादेखि त्यहाँका फिल्मी सेलिब्रिटीका पनि तीनपुस्तेसम्म खरर्र भन्न सक्छौं । गफाडीहरूको गफमा ताली पड्काउँछौं अनि आशा चाहिँ चमत्कारको गर्छौं । हामी सामाजिक सञ्जालमा क्रान्ति उराल्छौं । तर भोट दिने बेला तिनै गाली गरिनेमाथि नै खन्याउन छाड्दैनौं । सामान्य राजनीतिक चटकेलाई हामी देउता बनाउँछौं । व्यवसायी सबैलाई भ्रष्टाचारीकोे लेबल लगाइदिन्छौं । तर जसले सबैभन्दा बढी ठगी गर्न सक्छ, अपराध गर्छ, उसैलाई सफल दर्जामा उभ्याइदिन्छौं । डाँडाडाँडामा भ्यू टावर बनाउँछौं र छेउकोे जंगल मासेर चार घण्टाको मोटरबाटो टाढा वनभोज जाने नयाँ प्रतिस्पर्धा गरिरहेका छौं । यसरी हामी आफैमाथि यतिधेरै अन्तरघातमा उत्रिएका छौं । नेपाली राजनीतिमा तीस वर्षदेखि निरन्तर तिनै मान्छे सांसद, मन्त्री, प्रधानमन्त्री भएका भयै छन् र अझै पनि नेतृत्व दौडमा तिनै असफलहरू पटक पटक अघि देखिन्छन् । अहिले देखिएका पात्रहरू चिनिसकिएका जोकर हुन् भन्ने जान्दा जान्दै फेरि किन हामीमाथि उनै हाबी छन्, कहिल्यै सोच्दैनौं । ‘अब हाम्रो पालो आयो, लुट्नसम्म लुट’ भनेर देश दोहन गर्ने सोचले राजनीति गर्नेहरूले अझै केही गर्छ कि भन्ने भ्रमबाट कहिल्यै मुक्त किन हुन्नौं ? यसरी समय त फेरियो, तर न पात्र फेरिए, न शैली फेरियो, न प्रवृत्ति फेरियो । बरु सर्वहाराका सत्ता, गरीबको शासन, जनवाद यी सबै धामीका मन्त्रजस्तै हाम्रा गलामा बेरियो । केही सीमित तथाकथित नेताका अघिल्तिर लोकतन्त्र र विकास निरीह सावित हुँदै गयो । यसरी राजनीतिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गर्दै छौं । यो कसको भूल हो ? धान नफल्दा पुर्पुरोलाई धिक्कार्ने कस्तो रुल हो ? विकास विदेसी वादले हुन्छ कि आफ्नै इच्छाशक्तिले ? हामी पछि परेको किन हो ? नजानेर हो कि नबुझेर हो ? हरेकले आफ्नो कर्तव्य बिर्सेर, अधिकार मात्र याद गरेर हो ? वा केहीको नियत नै खोटो भएर हो ? कि हामी सधैं यस्तै त हो नि ब्रो !

लुकाइएको प्रेमपत्र

यो स्वर पहिले कतै सुनेजस्तो लाग्यो। म हतारहतार बाहिर आएँ। देखेँ, मेरो पहिलो प्रेम राकेश, जो डाक्टर भइसकेछ। उसले गीत सकेपछि सबैले ताली बजाए। उसले कैयौँपटक मेरो दादाको कोठामा बसेर गितार बजाउँदै गाएको थियो, मैले आफ्नो कोठाबाट ताली लगाएकी थिएँ।

प्रधानमन्त्रीको आग्रह : साेमबार बिहान ८ बजे राष्ट्रिय गान गाऔँ, ताली बजाऔँ

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा साेमबार बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री ओलीले भोलि नयाँ वर्षको पहिलो दिन बिहान आठ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आग्रह गर्नुभएको हो । यो संयुक्त राष्ट्र सङ्घ ...