नेकपा एमालेको १० औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट गरेको छ । जसमा आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरूले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन् ।चितवनको सौराहामा जारी महाधिवेशनमा बन्द सत्र सकिए लगत्तै निर्वाचन प्रक्रिया अघि बढ्नेछ । निर्वाचन प्रक्रिया अघि बढेमा यी प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन गर्नेछन् । एमालेको गए राति सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित अन्तिम केन्द्रीय कमिटी बैठकले यसअघि विधान महाधिवेशनले पारित गर