नेकपा एमाले रसुवाले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । आगामी मंसिरमा चितवनमा हुने १० औं महाधिवेशनमा सहभागी हुने सात प्रतिनिधि चयन भएको एमाले रसुवाले जनाएको छ ।प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवाबाट खुलातर्फ ५ जना, महिला र दलिततर्फ १÷१ जना प्रतिनिधि छनौट भएका छन् । रसुवाबाट खुल्लातर्फ कन्र्याल लामा, छोवाङ तेञ्जिङ तामाङ, अशोक घिमिरे, कुलप्रसाद भट्ट, जनार्दन ढकाल चयन भएका छन् भने महिलातर्फ शुभद्रा देवकोटा र दलिततर्फ चमेली सुनुवार महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।