काठमाडौँ– नेकपा एमालेको १० औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएका छन् । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीको निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीमा लैजाने र थपघट हुनसक्ने प्रवक्ता […]