नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर १० गते सुरु हुने एमालेको दशौं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि उच्च समझदारीमार्फत छनोट गर्न आव्हान गरेका छन् । महाधिवेशन प्रतिनिधि छनोट गर्ने अघिल्लो दिन शुक्रबार साँझ भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको उच्चतम विधि प्रतिस्पर्धा मात्रै नभई उच्च समझदारी समेत भएको भन्दै सोही विधि प्रयोग गर्न पार्टी सदस्यहरुलाई आव्हान गरेका हुन् ।‘चितवनमा आयोजना हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि भोलि कात्तिक २७ गते देश