घर बनाउँदै हुनुहुन्छ ? यसरी गर्नुस् ठेकेदारसँग सम्झौता

काठमाडौं । घर कस्तो बनाउने भनेर तपाईंले सुरुमै  संरचनाबारेको प्रारम्भिक सोचाइ मनमै सँगाल्नुभएको हुन्छ । तर, त्यो सोचाइको संरचनाअनुसार घर बनेन वा न्यून स्तरको घर बन्यो भने जिन्दगीभर पछुताउनुको विकल्प हुँदैन । घर जिन्दगीमा बारम्बार बनाइरहने चीज पनि होइन । त्यसैले घर बनाउँदा केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । तपाईंको योजना जस्तोसुकै भए पनि निर्माणपछि संरचना कस्तो देखिन्छ भन्ने कुरा ठेकेदारकै हातमा हुन्छ । त्यसैले ठेकेदार छनोट गर्दा विशेष ध्यान दिनुहोस् । सस्तो मूल्यमा ठेक्का लिन व्यवसायी तयार भए र उनैलाई दिऊँ भन्ने निर्णय छिट्टै नलिनुहोस् । यसो गर्नुभयो भने घर बनाउँदा हुने ठूलो गल्तीमध्येको एक हुनेछ । किनभने, जहिल्यै पनि मूल्यको तुलना कामसँग गर्नुपर्छ, सस्तो भन्दैमा प्रतिफल तुलनात्मक रूपमा ननिस्कए तपाईं नराम्रोसँग ठगिन सक्नुहुन्छ । घर बनाउँदा सबैभन्दा पहिले केही कानुनी प्रक्रिया पूरा गर्नुहोस् । जस्तो, घर निर्माण अनुमतिपत्र र निर्माण सम्पन्न प्रमाणपत्र आदि । स्थानीय तहबाट अनुमति नलिई घर बनाए त्यो कानुनी रुपमा भवन नियमावली, २०६६ अनुसार अवैधानिक हुन्छ । आर्किटेक्चरबाट घरको नक्सा र डिजाइन तयार गरेर त्यसलाई स्थानीय तहबाट पासदेखि सबै प्रक्रिया सकिसकेपछि मात्र ठेकेदार छनोट गर्नुपर्ने हुन्छ । ठेकेदार छनोट गर्दा सबैभन्दा पहिले आफ्नो बजेट निर्धारण गर्नुहोस् । आफ्नो बजेटको खाकासहित ठेकेदारसँग छलफल गर्नुहोस् । उक्त रकममा कस्तो घर बनाउन सकिन्छ भनेर ठेकेदारले तपाईंलाई स्पष्ट पार्न सक्छन् । बजेटको आकार तयार भएपछि तपाईं आफ्ना छिमेकमा बनाइएका घरहरू पनि हेर्नुहोस् र त्यहाँबाट ठेकेदारको सूची तयार पार्नुहोस् । जुन घरको संरचना तपाईंलाई मन परेको छ, उक्त घर निर्माणको ठेक्का लिनेसँग सम्पर्क गर्नु राम्रो मानिन्छ । तपाईं ठेकेदारलाई चिन्नुहुन्न भने यसका लागि एजेन्सीबाट पनि सहयोग लिन सक्नुहुन्छ । अब सूचिबाट छनोट गरिएका ठेकेदारलाई भेटेर उनीहरूले गरेका कामबारे जानकारी लिनुहोस् । तिनले बनाएका घरको तस्बिर माग्नुहोस् । ठेकेदार घर निर्माण क्षेत्रमा कहिलेदेखि संलग्न छन्, मापदण्ड के–के छन्, वारेन्टी, मूल्यमा घरसँग सम्बन्धित कुन–कुन संरचना समावेश हुन्छन् आदि  बढीभन्दा बढी सवाल गर्नुहोस् । यदि तपाईंले खोजेजस्तै र आवश्यकताअनुसार ठेकेदार काम गर्न तयार छन् भने सम्झौता प्रक्रिया अघि बढाउन सकिन्छ । सम्झौता गर्दा लागत कति, कहिलेसम्म तयार हुन्छ, त्यस विषयमा स्पष्ट हुनुहोस् । यसरी सम्झौता गरेर अगाडि बढ्दा समयमै घर नबन्ने र ठेकेदारले दुःख दिने जोखिम घट्छ भने केही गरी सम्झौताअनुसार काम हुन सकेन भने तपाईंसँग कानुनी रूपमा पनि अगाडि बढ्न सक्ने बलियो प्रमाण हुन्छ । याद राख्नुहोस्, सकेसम्म सम्झौताकै बेला कुनै एक पक्षले तोडे के गर्ने भन्ने सर्त पनि राख्नुहोस् । यसरी ठेकेदार छनोट गर्दा तपाईं ठगिने सम्भावना कम हुन्छ । यदि सम्झौताअनुसार काम भएन भने तपाईँ कानुनी प्रक्रियामा अघि बढ्न सक्नुहुन्छ । सम्झौताअनुसार काम भएन भने तपाईंले करार सम्झौताअनुसार क्षतिपूर्ति पाउने वा ठेकेदारले बीचैमा काम छाडेको भए कामका लागि सहजीकरण गरिदिने काम अदालतले गरिदिन सक्छ । (निर्माण व्यवसायी गोपाल पराजुली र कानुन व्यवसायी सीताराम दाहालको सहयोगमा)

सम्बन्धित सामग्री

रोशी गाउँँपालिकामा ४०२ धारा बनाउने सम्झौता

रोशी गाउँपालिकामा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत ४०२ धारा बनाउने सम्झौता भएको छ। ३९८ घरधुरी, ३ विद्यालय र एक स्वास्थ्य संस्थामा धारा निर्माणका लागि ६ वटा खानेपानी आयोजना सम्झौता भएको...

न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र ...

न्यून लागतका एकसय घर बनाउन त्रिपक्षीय सम्झौता

पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिलाई लक्षित गरी न्यून लागतका एकसय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ। पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक बीचमा महानगर क्षेत्रभित्र ...

विपन्न परिवारसँग घर बनाउन सम्झौता

काठमाडौँ,२१ पुष । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ । सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको हो । घर बनाउन नगरपालिकाले नगरसभाबाट रु एक करोड विनियोजन गरेको […]

विपन्न परिवारसँग घर बनाउने सम्झौता

सिरहा । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ ।    सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र

मालपोतले घर भाडामा लिन सम्झौता गरे पनि कार्यालय नसार्दा घरधनी अन्योलमा

रौतहटस्थित गरुडामा मालपोत कार्यालयले कार्यालय राख्नका लागि एक वर्ष अघि सम्झौता गरे पनि अहिलेसम्म कार्यालय पनि नराखेको र घरभाडा पनि नदिएको भन्दै घरधनीले गुनासो गरेका छन् । गरुडाकै लक्ष्मीपुर निवासी रुनुबाबुु पाण्डेका अनुसार गत वर्ष असार २९ गते उनले मालपोत कार्यालयका लागि आफ्नो घर भाडामा दिएका थिए ।ईलाका प्रशासन कार्यालय गरुडाको छेउमा रहेको कित्ता नम्बर १३४९ र १३५० मा  रहेको दुईतले घर मालपोत कार्यालयका लागि मासिक ४१ हजार ६०० भाडा प्राप्त हुने गरी लिखित सम्झौता गरेको उनको भनाइ छ ।घरधनीका तर्फब

काँग्रेसले एमसीसी सम्झौता बुझाउन घर–घरमा पुस्तिका पुर्‍याउने

काठमाडौँ । नेपाली काँग्रेसले एससीसी सम्झौता बुझाउन नागरिकलाई घर–घरमा पुस्तिका पुर्‍याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने समेत खड्काले बताए । उनले भने, ‘चुनावी […]

एक वर्षपछि घर निर्माणका लागि सम्झौता

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितको पुनः स्थापना गर्न निजी आवास पुनः निर्माणका लागि एक वर्षपछि बल्ल अनुदान सम्झौता भएको छ । विसं २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरोपीडितको लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउन हिजो (आइतबार) पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरी अभिमुखीकरण गरिएको हो । […]

७ सय १९ लाभग्राहीले सम्झौता गरेनन्

विसं २०७२ को भूकम्पबाट घर भत्किएर पुनःनिर्माणको सूचीमा समावेश भएका ७०० लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन् । कूल १४ हजार ३९५ लाभग्राही रहेकामा हालसम्म १३ हजार ६७६ लाभग्राहीले मात्रै निजी आवास पुनःनिर्माणका लागि सम्झौता गरेका हुन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले अनुदान सम्झौताका लागि पटकपटक आह्वान गरे पनि ७१९ जनाले सम्झौता नगरेको जानकारी दिए। अनुदान सम्झौताका लागि गत मङ्सिर मसान्तसम्म म्याद रहेको थियो ।  आवास पुनःनिर्माणका लागि सम्...