रौतहटस्थित गरुडामा मालपोत कार्यालयले कार्यालय राख्नका लागि एक वर्ष अघि सम्झौता गरे पनि अहिलेसम्म कार्यालय पनि नराखेको र घरभाडा पनि नदिएको भन्दै घरधनीले गुनासो गरेका छन् । गरुडाकै लक्ष्मीपुर निवासी रुनुबाबुु पाण्डेका अनुसार गत वर्ष असार २९ गते उनले मालपोत कार्यालयका लागि आफ्नो घर भाडामा दिएका थिए ।ईलाका प्रशासन कार्यालय गरुडाको छेउमा रहेको कित्ता नम्बर १३४९ र १३५० मा रहेको दुईतले घर मालपोत कार्यालयका लागि मासिक ४१ हजार ६०० भाडा प्राप्त हुने गरी लिखित सम्झौता गरेको उनको भनाइ छ ।घरधनीका तर्फब