कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान

काठमाडौं । बलिउड अभिनेता आमिर खान लामो समयपछि फिल्म ‘लाल सिंह चड्ढा’ लिएर दर्शकमाझ आउँदैछन् । आगामी ११ अगस्टमा रिलिज हुन गइरहेको फिल्मलाई लिएर दर्शकमा जति पर्खाइ छ, त्यति नै सामाजिक सञ्जालमा बहिष्कारको मुद्दा पनि चलिरहेको छ । खासगरी आमिरको अघिल्लो अभिव्यक्तिलाई लिएर केही व्यक्ति उनीविरुद्ध खनिएका हुन् । यसैबीच, अभिनेत्री कंगना रनावतले पनि यो […]

सम्बन्धित सामग्री

लाल सिंह चड्डा फ्लप भएपछि आमिर खानले गरे अभिनयबाट ब्रेक लिने घोषणा

बलिउड उद्योगका चर्चित अभिनेता आमिर खान पछिल्लो पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । यस फिल्ममा आमिर खानसँगै करिना कपूर खान र मोना सिंह जस्ता कलाकारहरू महत्वपूर्ण भूमिकामा देखिएका छन् । आमिर खानले दर्शकलाई फिल्म हेर्न धेरै अनुरोध गरेका थिए तर अधिकांशले बहिष्कार गरेका थिए । यो फिल्म बक्स अफिसमा ठूलो फ्लप साबित भयो । ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर खानले अब ठूलो निर्णय लिएका छन् । पछिल्लो जानकारी अनुसार आमिर खानले करिब ३५ वर्षपछि अभिनयबाट ब्रेक लिएका छन् ।सोमबार दिल्

‘लाल सिंह चड्ढा’ फ्लप भएपछि वितरकले मागे आमिर खानसँग क्षतिपूर्ति

काठमाडौं । ‘लाल सिंह चड्ढा’ यस वर्ष बलिउडमा रिलिज हुने प्रतीक्षित फिल्ममध्ये एक थियो । तर फिल्मले न त राम्रो समीक्षा पायो, न कलाकार र क्रिउले बक्स अफिस नतिजालाई स्वागत नै गरे । बलिउड सञ्चारमाध्यमका अनुसार ‘लाल सिंह चड्ढा’को कमाइलाई लिएर आमिर खान स्तब्ध भएको बताइन्छ । ‘आमिरले फरेस्ट गम्पको उत्कृष्ट संस्करणलाई सम्भव बनाउन निकै […]

फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता

एजेन्सी । अभिनेता आमिर खानकाे फिल्म ‘लाल सिंह चड्ढा’ विरुद्ध उजुरी दर्ता भएको छ । दिल्लीका एक वकिलले फिल्मलाई लिएर आमिर खान, प्यारामाउन्ट पिक्चर्स (एक अमेरिकी फिल्म निर्माता कंपनी) र फिल्मका निर्देशक अद्वैत चन्दनविरुद्ध दिल्ली प्रहरीमा उजुरी दिएका हुन् । वकिलले आमिरले आफ्नो फिल्म लाल सिंह चड्ढाबाट भारतीय सेनाको अपमान र हिन्दु समाजको भावनामा चोट […]

हलमा लागे आमिरको ‘लाल सिंह चड्ढा’ र अक्षयको ‘रक्षाबन्धन’

काठमाडौं । फ्राइडे रिलिजको परम्परा तोड्दै दुई बलिउड फिल्म बिहीबार नै नेपाली हलमा रिलिज भएका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वको छेकोमा आमिर खान स्टारर ‘लालसिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षाबन्धन’ रिलिज भएका हुन् । यो साता हलिउड र नेपाली फिल्म प्रदर्शन हुने छैनन् । २ घण्टा ३९ मिनेट लामो ‘लाल सिंह चड्ढा’मा आमिर र करिना […]

भारतमा किन चर्किरहेको छ ‘लाल सिंह चड्ढा’ बहिष्कारको मुद्दा ?

काठमाडौं । ‘मिस्टर पर्फेक्सनिस्ट’ संज्ञाले प्रख्यात बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर लामो समयपछि फिल्ममा आउँदैछन् । फिल्मलाई लिएर दर्शकमाझ ठूलै अपेक्षा छ, तर सामाजिक सञ्जालमा ‘लाल सिंह चड्ढा बहिष्कार गरौं’ भन्ने अप्रिल ह्यासट्याग ट्रेन्डिङ चलिरहेको छ । यसो हुनुमा यी दुई प्रमुख कलाकारको अभिव्यक्ति जिम्मेवार छ, जसलाई उनीहरुले कुनै समय बोलेका थिए । […]

आमिरको फिल्म 'लाल सिंह चड्ढा'लाई नेपाल भित्र्याउन किन तिरियो २ करोड?

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ ११ अगस्ट अर्थात् साउन २६ गतेदेखि विश्वभर प्रदर्शन हुँदैछ। यसैबिच, नेपालले ‘लाल सिंह चड्ढा’ को प्रदर्शन अधिकार अहिलेसम्मकै मंहगो रकममा खरिद गरेको छ। आमिर खान स्टार ‘लाल सिंह चड्डा’ लाई अहिलेसम्मकै महँगो रकममा नेपाल भित्र्याएको वितरक मनोज राठीले दाबी गरे। ब्यांकटेस इन्टरटेनमेन्टमार्फत…

‘लाल सिंह चड्ढा’ बहिष्कार गर्नेलाई आमिर र करिनाले दिए यस्तो जवाफ

एजेन्सी । बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर अभिनित फिल्म ‘लाल सिंह चड्ढा’ रिलिज हुनुअघि नै चर्चामा छ । फिल्म ‘लाल सिंह चड्ढा’ लाई सामाजिक सञ्जालमा मानिसहरूले बहिष्कार गर्न माग गरि रहेका छन् । सामाजिक सञ्जालमार्फत मानिसहरूले हलिउड फिल्म ‘फरेस्ट गम्प’ को रिमेक ‘लाल सिंह चड्ढा’ लाई नहेर्न र बहिष्कार गर्न अनुरोध गरिरहेका […]

फेरि सर्यो आमिरको ‘लाल सिंह चड्ढा’

मुम्बई । अभिनेता आमिर खान अभिनीत प्रतीक्षित फिल्म ‘लाल सिंह चड्ढा’ को प्रदर्शन मिति फेरि सरेको छ । १४ अप्रिलमा  प्रदर्शन तयारीमा रहेको फिल्म सरेर ११ अगस्टमा पुगेको छ ।निर्माण ब्यानर आमिर खान प्रोडक्सनले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति परिवर्तन भएको जनाएको हो । निर्माण युनिटले लेखेको छ ‘हामी लाल सिंह चड्ढा’ ११ अगस्टमा रिलिज हुने घोषणा गर्दछौ । हाम्रो फिल्म अझै तयार नभएकोले हामीले यो निर्णय लिएका हौ ।’फिल्ममा आमिरको अलवा करिना कपुर, नागा चैतन्य लगाय

तेस्रो बिहेको तयारीमा आमिर खान, कोसँग हुनेछ विवाह ?

बलिउड सुपरस्टार आमिर खान पछिल्लो दिन तेस्रो विवाहलाई लिएर चर्चामा छन् । केही दिन पहिले आएको खबर अनुसार आमिर एक बलिउड अभिनेत्रीसँग तेस्रो विवाह गर्न गइरहेका छन् ।  विवाह चलचित्र लाल सिंह चड्ढा रिलिज भएपछि हुने बताइएको छ ।  आमिरले पहिले रीना दत्तासँग विवाह गरेका थिए भने दोस्रो विवाह किरण रावसँग भएको थियो । गत जुलाईमा किरण र आमिर छुट्टिएका थिए । अब आमिरले तेस्रो विवाहको तयारी गरेको बताइएको छ ।

नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’

आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ । फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति