जनकपुरधाम : प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा तोडफोड भएको छ।कोरोना संक्रमित एक बिरामीको मृत्युपछि मृतकका आफन्तलगायत केही व्यक्तिले अस्पतालमा तोडफोड गरेका प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. प्रमोद यादवले बताए। उनका अनुसार त्यो समूहले अस्पतालमा भर्खरै जडान गरिएका तीन वटा भेन्टिलेटर तोडफोड गरेको छ भने केही स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको छ।तोडफोडबाट अस्पतालको वार्डमा जडान गरिएको तीन भेन्टिलेटरसहित अन्य उपकरणमा समेत गरी करिब डेढ करोड बराबर