दमक : चिकित्सकको लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा आक्रोशित समूहले तोडफोड गरेको छ। आक्रोशित समूहले प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो।मंगलबार बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुम