मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालमा पिलोको शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।
मोरङको धनपालथान गाउँपालिका–६, कदमाहाका ६७ वर्षीय अहमद हुसेनको मृत्यु भएपछि आक्रोशित भएका मृतकका आफन्तले सोमवार राति अस्पताल तोडफोड गरेका हुन् ।
मलद्वारमा रहेको पिलोको शल्यक्रिया गरिएका हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्तले तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ ।
हुसेनलाई उपचारका लागि सोमवार बिहान भर्ना गरिएको हो । लापरवाहीपूर्ण तरिकाले उपचार गरेर ...