काठमाण्डाै – गृह मन्त्रालयले डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।हिजो साेमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पताल लगायत शिक्षण संस्थामा डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।यी घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरी डाक्टरहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मङ्गलवार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरूको बैठक बोलाउनुभएको थियो । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन&nd...