काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शंकर दाश वैरागीले विकाससँगै विपद् व्यवस्थापनलाई पनि प्रभावकारी बनाउन सम्बद्ध निकायका सचिवहरूलाई निर्देशन दिएका छन् । केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको ५६ औँ बैठकमा मुख्यसचिव वैरागीले पूर्वाधार क्षेत्रसँग सम्बन्धित मन्त्रालय/निकायहरूको पूर्ण सहभागिताबाट भविष्यमा आई पर्ने सङ्कटलाई न्यूनीकरण गर्न निर्देशन दिएका हुन् । वैरागीले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता […]