विपद् व्यवस्थापनमा अन्तराष्ट्रिय सहयोग लिने सरकारको निर्णय, वितरण प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । सरकारले विपद् व्यवस्थापनको लागि अन्तराष्ट्रिय नियोगहरुसँग सहयोग लिने निर्णय गरेको छ । बिहीबार मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिए ।