काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा प्रमाणका आधारमा कोही पनि दोषी नछुट्ने र त्यसको लागि गहिरो अनुसन्धान भइरहेको बताएका छन्। सुन तस्करी प्रकरणबारे गृहमन्त्रीको जवाफबाट एमाले असन्तुष्ट भएपछि उच्चस्तरीय छानविन समिति माग गर्दै फेरी संसद अवरुद्ध गरेको छ।